Screenshot_20220624-232301_Facebook

राजापुर । राजापुर नगरपालिका २, जोतपुरगाउँबाट लोपोन्मुख अजिङ्गरको उद्धार गरिएको छ । १० असार विहान धान रोप्नका लागि खेतमा जाँदा सो अजिङ्गर धानको बियारमा फेला परेपछि उद्धार गरिएको त्यहाँबाट समाजसेवी सोमप्रसाद चौधरीले बताए ।
राज कुसम्याले अजिङ्गरलाई देखेपछि सहायक बरघर बिमल चौधरीलाई खवर गरेका थिए । अजिङ्गरलाई सहायक बरघर विमलको अगुवाईमा बदालपुरको नर्सरीमा सुरक्षित साथ छोडिएको समाजसेवी सोमप्रसादले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ