Screenshot_20220624-231905_Facebook

माेतीरत्न हसुलिया, असार । कैलारी गाउँपालिकाकाे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएकाे छ ।

गाउँपालिकाकाे आयोजनामा प्रादेशिक सुशासन केन्द्र पुन्ना डोटीमाे सहयोग र नेपाल पत्रकार महासंघ कैलालीकाे सहजीकरणमा आर्थिक वर्ष २०७८÷२०७९ सालमा सेवामा प्रवाह, र विकास निर्माणबारे सार्वजनिक सुनुवाई कार्यक्रम भएकाे हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजसमझ चौधरी गएकाे बर्षकाे राम्राे र अधुरा योजनालाई प्रथामिकता दिने बटाए । उहाँले भने, कैलारी गाउँपालिका बाढीकाे दुबान क्षेत्र भएकाेले तटबन्ध र भौतिक पूर्वाधारमा ध्यान दिइनेछ । यहाँ स्वास्थ्य, शिक्षा, कृषि, यातायात, खानेपानीकाे क्षेत्रमा धेरै काम गर्नु पर्ने बाँकी भएकाेले गाउँपालिकामा १५ शैयाकाे अस्पताल चाडै निर्माण हुने उहाँ बटाए । किसानहरुकाे सिचाई सुविधाकाे लागि कृषि विद्युतीय मिटरकाे लागि पहल पनि भइरहेकाे अध्यक्षले बटाए।

गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी गाउँपालिकाबाट विभिन्न व्यापारव्यासलाई करकाे दायरामा ल्याउने बटाईन। गाउँपालिकाकाट भुमिकर ५० प्रतिशत घटाएकाे तर अरु चिजमा करकाे दायरा पनि बढाउने बटाइन। यस्तै उहाँ समाजमा महिलाहरु शोषित अवस्थामा भएकाेले क्षमता विकासकाे लागि तालिम संचालन आवश्यक रहेकाे बटाइन ।

गाउँपालिकाकाे प्रवक्ता तथा वडा नम्बर ७ काे अध्यक्ष दिपेन्द्रबहादुर बम सेवाग्राहीहरुलाई सूचनाकाे जानकारीकाे लागि प्रत्येक वडा कार्यालयमा डिजिटर सूचना बोर्ड राख्नु पर्नेमा जोड दिएका छन । उहाँ कर्मचारीहरु समयमा कार्यालयमा आएर सेवा प्रदान गर्नु पर्ने बटाए ।

वडा नम्बर ५ अध्यक्ष विष्णु प्रसाद चौधरी मलपोत कर चर्को भएकाे जनगुनासो आएपाछि ५० प्रतिशत भूमिकर घटाएकाे बटाए । गाउँपालिकामा विभिन्न तालटलैया, सामुदायिक वनकाे स्रोत रहेकाेमा प्रणालीगत ढंङग व्यवस्था हुन नसकेकाे बटाए । पालिकामा कार्यदल गठन गरि त्यसकाे व्यवस्थापन गरिने उहाँले जानकारी गराए।

स्थानीयबासी नविन बोहरा गाउँपालिकामा १५ शैयाकाे अस्पताल, बहुमुखी क्याम्पस, अधुरा झोलुङे पुल, सर्वसाधारणमा सूचनाकाे पहुँच, कर्मचारीबाट चाडैं सेवासुविधा प्रदान गर्ने कुरालाई जोड दिएका थिए । गाउँपालिकाकाे विकासकाे लागि शिक्षामा लगानी गरिने कुरा उहाँले बटाए ।

कार्यक्रममा गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐर आर्थिक वर्ष २०७८÷२०७९ सालमा सेवामा प्रवाह,र विकास निर्माणबारे जानकारी दिएका थिए । कार्यक्रम सहजीकरण अग्रह पत्रकार मनमोहन स्वाँर र स्वागत मन्तव्य नेपाल पत्रकार महासंघ कैलालीकाे अध्यक्ष हिमालय जोशिले गरेका थिए।

कार्यक्रममा कैलारी गाउँपालिकाके १ देखि ९ वडाकाे अध्यक्ष, कार्यपालिका सदस्य, पालिकाके विभिन्न शाखाकाे प्रमुख, कर्मचारी, सेवाग्राहीहरुकाे सहभागिता रहेकाे। थियाे।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ