Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the ads-for-wp domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/kailari1/public_html/wp-includes/functions.php on line 6121
कैलारी गाउँपालिकाको एघारो गाउँसभा (बर्षे/बजेट) अधिवेशन सम्पन्न – कैलारी पोष्ट
Screenshot_20220624-231905_Facebook
कैलारी गाउँपालिकाको एघारो गाउँसभा (बर्षे/बजेट) अधिवेशन सोमबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा भएको तेस्रो सभा तथा एघारौँ गाउँसभा अधिवेशनबाट नीति तथा कार्यक्रम र बजेट तथा कार्यक्रम अनुमोदन भएको छ । गाउँपालिका अध्यक्षले सभामा प्रस्तुत गरेका नीतिगत निर्णयलाई तालि बजाएर अनुमोदन गरेका थिए ।

हसुलिया । कैलारी गाउँपालिकाको एघारो गाउँसभा (बर्षे/बजेट) अधिवेशन सोमबार सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा भएको तेस्रो सभा तथा एघारौँ गाउँसभा अधिवेशनबाट नीति तथा कार्यक्रम र बजेट तथा कार्यक्रम अनुमोदन भएको छ । गाउँपालिका अध्यक्षले सभामा प्रस्तुत गरेका नीतिगत निर्णयलाई तालि बजाएर अनुमोदन गरेका थिए ।
गाउँसभाबाट भएका नीतिगत निर्णय चालू आर्थिक बर्षको जेष्ठ मसान्तसम्मको आय व्यय अनुमोदन भएको छ । गाउँपालिका अध्यक्ष सभाले कार्यपालिकाबाट भए गरेका निर्णयहरु अनुमोदन ऐन, नियम निर्देशिका, कार्यविधि निर्मााणको अधिकार कार्यपालिका प्रत्यायोजन, स्वीकृत बजेट तथा कार्यक्रममा संसोधन गर्ने अधिकार कार्यपालिकामा प्रत्यायोजन गरेको छ ।
त्यस्तै राजश्व परामर्श समितिले निर्धारण गरेका करका दर तथा दायरा लागु गर्ने,
निर्माण सम्पन्न योजनाको जाँचपास तथा फरफारक, संघीय तथा प्रदेश सरकारमा योजना माग, संघीय तथा प्रदेश सरकार र विकास साझेदारसँग समन्वय, कर्मचारीको तलवी प्रतिवेदन अनुमोदन भएको छ ।

तेस्रो सभा तथा एघारौँ गाउँसभा अधिवेशनले सेवा करारका कर्मचारीको सेवा करार (म्याद), सेवा, सुविधा सम्बन्धि अधिकार कार्यपालिकामा प्रत्यायोजन गर्दै आवश्यक मात्रमा थप्ने भनिएको छ । सभाबाट कर्मचारी संगठन व्यवस्थापन सम्बन्धमा, लेखा परिक्षण प्रतिवेदन पनि अनुमोदन गरेको छ । सभालाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरीले एघारो गाउँसभा अधिवेशनबाट अनुमोदन भएका नीति तथा कार्यक्रम र बजेट तथा कार्यक्रम कार्यान्वयन हुनुपर्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।
सभालाई समापन गर्दै सभाका अध्यक्ष राजसमझ चौधरी गाउँपालिका रहेका कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारमा अहिले विशेष जोड दिने बताउनु भयो । एघाराै गाउँसभा अधिवेशनबाट अनुमोदन भएका नीति तथा कार्यक्रम र बजेट तथा कार्यक्रम असार २६ गते सार्वजनिकीकरण गर्ने बताउनु भयो । गाउँसभामा कार्यपालिकाका सदस्य, प्रमुख प्रशासकीय अधिकृत विरबहादर ऐर, गाउँपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ