Screenshot_20220725-182514_Facebook

धनगढी, ९ साउन । सुदूरपश्चिम प्रदेशको संसदीय टोलीले कैलारी गाउँपालिका–३ शिवरत्नपुरका विस्थापित परिवारको अनुगमन गरेको छ ।
प्रदेशको प्रदेश मामिला तथा विधायन समितिको टोलीले सोमबार मोहना नदीको कटानका कारण विस्थापित परिवारको अनुगमन गरेको हो । मोहना नदीले कटान गरेपछि शिवरत्नपुरका १६ परिवार विस्थापित भएका छन् । समितिका सभापति नेपालु चौधरी नेतृत्वमा पुगेको अनुगमन टोलीले शिवरत्नपुरका स्थानीयसँग अन्तरक्रिया पनि गरेको छ । समितिका सदस्य श्यामलाल रानाले प्रतिवेदन तयारी गरी प्रदेश सरकारलाई बुझाउने बताएका छन । 

उक्त बस्तीका स्थानीय सन्तराम चौधरीले शिवरत्नपुरका ९५ घरधुरी बाढी कटानको जोखिममा रहेको बताए । १६ घरधुरी जोगाउन बनाएको भौतिक तथा जैविक तटबन्ध बगाएपछि उच्च जोखिममा रहेको १६ घरधुरी विस्थापित भएको जानकारी दिए । विस्थापित भई त्रिपालमा बसिरहेको १६ घरधुरीको लागि खानेपानी, शौचालयको समस्या रहेको जानकारी दिए । 

शिवरत्नपुरका स्थानीय कमल चौधरीले झोलुङे पुल नबन्दा विद्यार्थीहरुलाई विद्यालयमा आवातजावतमा समस्या, भएको, सुत्केरी, बालबालिकालाई खोप लगाउन समेट समस्या भएको जानकारी दिए ।
कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी शिवरत्नपुरमा बर्सेनि बाढी, डुवान र कटानको समस्या रहेको भयो । उनले बाढीबाट विस्थापित परिवारको लागि अस्थायी टहरा निर्माण गर्न त्रिपालको व्यवस्था गरिएको बताए । पालिकाबाट शौचालय र खानेपानीको समेत व्यवस्था गरिने बताए ।  ‘अहिले बर्खा सुरु छ, तत्काल तटबन्ध गर्न सकिने अवस्था छैन,’ गाउँपालिका अध्यक्ष भने,–विद्यायन तथा प्रदेश ममिला समितिले भर्खर अनुगमन गरेको छ । बस्ती जोगाउन गुरुयोजना बनाएर तटबन्ध गर्न आवश्यक छ । त्यसको लागि प्रदेश र संघीय सरकारसंग समन्वय गछौं ।’
अनुगमनमा विद्यायन तथा प्रदेश ममिला समितिका सदस्य पूर्णा जोशी, मालामति राना, श्यामलाल राना, शान्ति नेपाली, लालबहादुर खडका, गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी, वडा नम्बर ३ का अध्यक्ष सन्तराम चौधरी, विओपी खोनपुरका प्रमुख सूर्य खडका, वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ