FB_IMG_1659061135875

कैलाली, १२ साउन । धनगढीमा यहि साउन १७ गते भव्यरुपले गुरही मनाउने तयारी भईरहेको छ । सखी सञ्जालले आयोजना गरेको गुरही तयारी बैठकमा यो वर्ष गुरही चोकमा भव्यरुपले गुरही मनाउने निर्णय भएको हो ।

धनगढी उपमहानगर पालिका वडा नं ८ मा अवस्थित क्याम्पस रोडको त्रिवेणीमा विगत लामो समयदेखि यहाँका आदिबासी थारु समुदायले गुरही पर्व मनाउदै आईरहेका छन् । २०७५ सालमा तत्कालिन सिडिओ गोविन्द रिजालले गुरही चोकको नमाकरण गरि उदुघाटन समेत गरेका हुन् । केही वर्ष यता कोरोनाको कारण गुरही लगायत कुनैपनि कार्यक्रमक्रम भव्यरुपले गर्न नसकिएकोले यो वर्ष सम्पूर्णलाई गुरही चोकमा आएर गुरही अर्साईदिन सखी सञ्जालका का.ब. अध्यक्ष उन्नती चौधरी आग्रह गरेकी छन् ।

उनका अनुसार साउन १६ गते विहान चोक वरिपरि सरसफाई गर्ने, गुरही चोकमा पेन्टिंग गरि गुरही चोक लेख्न बैठकले यो वर्ष सखी सञ्जाल र थारु कलाकार मञ्चको संयूक्त आयोजना गर्ने निर्णय गरेको छ । साथै गुरही अस्राउन आउने भाई बहिनीहरुलाई १७ गते दिउसो ४ बजे थारु पहिरनमा सजिएर आउन अनुरोध गरेका हुन् ।

यो वर्ष सांस्कृति कार्यक्रम पनि गर्ने भएकोले गुरहीमा सहभागी हुने प्रतिभावन सहभागीहरुले १६ गते साँझ सम्म सांस्कृतिक संयोजक राजु चौधरी (राज) लाई सम्पर्क गर्ने सञ्जालले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ