Screenshot_20221117-135615_Facebook
साभार फेसबुक वालबाट

चुनाव एकदमै अाईसकेकाे छ। नेता कार्यकर्ताहरु भाेट माग्नमा व्यस्त छन। गाउँ-गाउँ, टाे-टाेलमा चुनावी अभियान चलीरहेकाे छ। भाेट माग्न नेतारु के-के प्रचार गर्दैछन त। प्राय: चुनावमा हाेमिएका नेताहरु देश विकाशकाे याेजना बारे खाका नभएका एक अर्काकाे खुट्टा तान्न र गाली गलाैज र लान्छना गर्नमा विताएका कुराबारे तिप्पणी गरेका छन। पत्रकारले तथा लेखक छविलाल काेपिलाले जे सुने त्यहि अाफ्नाे फेसबुककाे वालमा लेख्नुहुन्छ। प्रस्तुत छ दाङ क्षेत्र नं. १ का केही उम्मेदवारहरुको भाषण बारे केही चर्चा-परिचर्चा। उहाँ भन्नहुन्छ, यस पटकका भाषणमा अधिकांशमा व्यक्तिगत गाली, लान्छना काम सुनियो ।
१. शान्ता चौधरी
नेकपा एमालेकी सचेतक एवम् पूर्व सभाषद् शान्ता चौधरी अधिकांश समय व्यक्ति गाली, गलौज, लान्छना लगाउनमा बिताउनु भयो । उहाँले मेटमणिदेखि रेशमसम्म गाली गर्न भ्याउनु भयो । आफ्ना मुख्य पेरतस्पर्धी मेटमणिलाई त झन घुमाइ फिराइ पटक पटक सत्तोसराप गरेको सुनियो !
२. सुरेन्द्र चौधरी
सुरेन्द्र चौधरीले अन्य दलको सामान्य टिकाटिप्पणी गर्नु भयो र मेटमणि चौधरीले गाउँका केही प्रलोभनका सामाग्री वितरण गरिरहेको जानकारीमा आएको कुरा सुनाउँदै यस्तो कार्य गरेको पाइएमा कडा प्रतिवाद गर्ने पनि बताउनु भयो ।
३. योगेन्द्र चौधरी
नेपाली कांग्रेसका लोकप्रिय नेता योगेन्द्र चौधरीले रेशम चौधरीप्रति सहानुभूति प्रकट गर्दै ढकियाले केही स्थानमा विजय हुँदैमा रेशम चौधरीलाई जेलबाट छुटाउन नसकिने बताउँदै यसको लागि सबै एक जुट भएर नीति परिवर्तन गरेर मात्रै सम्भव हुने कुरा जोड दिनुभयो । उहाँले एमालेको पटक पटक संसद विघटन, ७० वर्षपछि जनताले प्राप्त गरेका संविधान भङ्ग र सरकार बाहिर रहेसम्म लगातार संसद अबरुद्ध गरेकोले गठबन्धन आवश्यक रहेको बताउनु भयो । व्यक्तिगत आरोप सुनिएन ।
४. मेटमणि चौधरी
नेकपा एकिकृत समाजवादीका नेता एवम् शहरी विकास मन्त्री मेटमणि चौधरीले योगेन्द्र चौधरीको मन्तव्य माथि सहमति जनाउँदै आफ्ना चुनावी योजना बारे कुरा राख्नु भयो । उहाँको मन्तवयमा व्यक्तिगत रुपमा कसैप्रति टिकाटिप्पणी सुनिएन ।
५. अनुराग खड्का
नेपाली कांग्रेसका युवा नेता अनुराग खड्काले आफ्नो बुबाको साख जोगाउन राजनीतिक क्षेत्रमा लागेको बताउँदै आफू युवा भएकोले सबैको साथ सहयोगको अपेक्षा सहित आफू जिम्मेवारी पूर्वक विकास गरेर देखाउने प्रतिबद्धता जाहेर गर्नु भयो । व्यक्तिगत रुपमा टिकमाटिप्पणी गर्नु भएन ।
६. कुलबहादुर के.सी
नेकपा एमाले नेता एवम् निवर्तमान लमही नगरपालिकाका मेयर कुलबहादुर के.सी.ले शालीन तारिकाले आफ्नो बिश्लेषणात्मक योजनाहरु राख्नु भयो । सामान्य दलगत टिकाटिप्पणी बाहेक व्यक्तिगत आरोप सुनिएन ।
बाँकीको कुरा सुन्न पाइएन पत्रकार तथा साहित्यकार छविलाल काेपिला अाफ्नाे फेसबुक स्टाटसमा लेख्नुहुन्छ । शेषमणि घिमिरे कमेन्टमा लेख्नुहुन्छ ” केही पार्टी नेताहरुमा मतदाताहरुमा अाफ्नो बुद्धि छैन त्यसैले गालीको हिलोले प्रतिस्पर्धीको मुखभरि छ्यापेर मतदाताहरुलाई अाफ्ना पक्षमा ल्याउन सकिन्छ भन्ने सोच रहेको देखिन्छ । अाफूले अरु नेताहरुलाई गाली गरिरहेका बेला जनताले अाफ्नै बौद्धिक क्षमताको मूल्याङ्कन गरिरहेका छन् भन्ने उनीहरुलाई होसै हुँदंन । ” अस्मिता ठाकरे लेख्नुहुन्छ ” अरुलाई एउटा अाैलाले चुनाैति दिने हाम्रा नेताले चार अाेटा अाैलाले अाफुलाई चुनाैति दिदैछन् भन्ने कहिले बुझेनन् केपी वलीकाे छत्रछायामा बस्ने ले अरुलाई खण्डन गर्न बाहेक के अाउछ र रह्यो अर्को कुरा भाषण दिन त सबैलाई अाउछ चाहे जानेर वा नजानेर तर बाेलेका कुरा पूरा गर्नुपर्छ भन्ने पक्षमा कम मात्रै देखिन्छ त्यसैले पार्टी हाेईन ब्यक्ति हेराै अहिले नसाेचे कहिले साेच्ने अब हामी युवा अाफु परिवर्तन हुन जरुरी छ।” पालाे तपाईं हामी सबैकाे कुन नेतासँग देश विकाश गर्नलाई स्पष्ट खाका छ। ज जसले जे जे सुन्नु-भयाे त्यहि फेसबुककाे वालमा लेख्नुहाेस र हामी सचेत र विकाश गर्न सक्षम नेतालाई सपाेर्ट गराैँ

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ