Screenshot_20221117-071017_Facebook

धनगढी: हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।बिहीबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने र्मासम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।साथै प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ