Screenshot_20230203-131655_Facebook
सरकारले फिर्ता लिएको मुद्दामा सांसद अरूण चौधरी पक्राउ
facebook sharing button
twitter sharing button
email sharing button
sharethis sharing button
print sharing button

काठमाडौं । नेपाल सरकारको वार्ता टोली र थारू संयुक्त संघर्ष समिति बीच भएको सहमति विपरित सांसद अरुण चौधरीलाई पक्राउ गरेको छ ।
१० वर्ष अघि २०६९ साल जेठ १० गते शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा भएको सहमति विपरित कैलाली २ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद चौधरीलाई पक्राउ गरेको हो । संसद चलिरहेको अवस्थामा उनलाई माघ १९ गते पक्राउ बाँकेबाट पक्राउ गरेको हो ।


नेपाल सरकारको वार्ता टोली र थारू संयुक्त संघर्ष समितिसँग भएको १० बुँदे सहमति भएको थियो । सहमतिको बुँदा नम्बर आठमा भनिएको छ–’’ थारूहरूको चरणबद्ध रुपमा गरेको आन्दोलनको क्रममा पक्राउ परेकालाई निसर्त रिहा गर्ने, आन्दोलनको क्रममा लगाइएका सबै मुद्दा फिर्ता लिने ।’’


थारू संयुक्त संघर्ष समितिका संयोजक चन्द्रकुमार चौधरी, सरकारी वार्ता टोलीका संयोजक तथा तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री टोपवहादुर रायमाझी, सूर्यमान गुरूङ, तत्कालीन मन्त्री संघीय मामिला तथा स्थानीय विकास सरकारी वार्ता टोलीका सदस्य, राधा ज्ञवाली, मन्त्री उर्जा, सरकारी वार्ता टोलीका सदस्य र थारू संयुक्त संघर्ष समितिका तर्फबाट तत्कालीन माननीय रामचरण थारू, उपेन्द्र गच्छादार, बलदेव चौधरी, गोपाल दहित, फूलमति चौधरी, भानु चौधरी, माननीयहरू सन्तोष थारू, ईन्द्रजित थारू, लक्ष्मण थारू, माननीयहरू वीरमान चौधरी, रूपा चौधरी, सन्त कुमार चौधरी, विष्णु प्रसाद चौधरी, सुन्दरा थारूहरूका साथै राजाराम चौधरी, मा. कृष्ण कुमार चौधरी, धनीराम चौधरी, मिनराज चौधरी, मा. भगवती चौधरी, मा. देवीलाल चौधरी र सरस्वती चौधरी समेतको वार्ता टोलीले २०६९ साल जेठ १० गते शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा भएको नेपाल सरकारको वार्ता टोली र थारू संयुक्त संघर्ष समितिसँग १० बुँदे सहमति भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ