FB_IMG_1675417193272


पदम प्रसाद दहाल

इकमा लोकगीत घन्किरहेको थियो । ब्राह्मणहरू जग्गेमा बसेर आहुति दिइरहेका थिए । ब्रतवन्धको कार्यक्रम निक्कै रमझम थियोे । भीख दिन अझै आधा घण्टा बाँकी थियोे । माघको कलिलो घाममा एकछिन बसेर पर्खिने बिचार मैले गरें । थुप्रै मानिसहरू बसिरहेका ठाँउमा एउटा कुर्सी खालि थियोे , बसेँ । मेरो छेवैमा आकर्षित व्यक्तित्व भएका एकजना अपरचित व्यक्ति थिए। मलाई उनीसँग कुरा गर्न मन लाग्यो।
” हजुरको घर कहाँ पर्यो नि? ” मैले जिज्ञासा राखें ।
” यहीँ नजिकै धुलाबारी बजार छेवैमा ।”मतिर नहेरी उनले जवाफ दिए।
“यो घरमा हजुरको नाता सम्बन्ध केही छ कि?” मैले पुनः प्रश्न गरें।
“होइन माधव , दीपेन्द्र पौडेल यस घरका सबै परिवार साथी हुन् । हामी एउटा सहकारी सँस्थामा पनि जोडिएका छौं।” एक एक प्रश्नको उत्तर मैले पाएँ। उनी सहकारी सँस्थाका अध्यक्ष रहेछन्। पाँच हजार सदस्य संख्या रहेतापनि तरलताले गर्दा सँस्था चलाउन गाह्रो परेको , नोटबन्दीको कुरा संसदमा उठाए पनि तरलताको स्थिति अन्त्य हुन्थ्यो कि जस्ता बिचार उनले मसँग पोखे। आधा घण्टा जति भलाकुसारी हुँदा पनि मेरो बारेमा उनले कुनै परिचय लिन चाहेनन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ