पदम प्रसाद दहाल
इकमा लोकगीत घन्किरहेको थियो । ब्राह्मणहरू जग्गेमा बसेर आहुति दिइरहेका थिए । ब्रतवन्धको कार्यक्रम निक्कै रमझम थियोे । भीख दिन अझै आधा घण्टा बाँकी थियोे । माघको कलिलो घाममा एकछिन बसेर पर्खिने बिचार मैले गरें । थुप्रै मानिसहरू बसिरहेका ठाँउमा एउटा कुर्सी खालि थियोे , बसेँ । मेरो छेवैमा आकर्षित व्यक्तित्व भएका एकजना अपरचित व्यक्ति थिए। मलाई उनीसँग कुरा गर्न मन लाग्यो।
” हजुरको घर कहाँ पर्यो नि? ” मैले जिज्ञासा राखें ।
” यहीँ नजिकै धुलाबारी बजार छेवैमा ।”मतिर नहेरी उनले जवाफ दिए।
“यो घरमा हजुरको नाता सम्बन्ध केही छ कि?” मैले पुनः प्रश्न गरें।
“होइन माधव , दीपेन्द्र पौडेल यस घरका सबै परिवार साथी हुन् । हामी एउटा सहकारी सँस्थामा पनि जोडिएका छौं।” एक एक प्रश्नको उत्तर मैले पाएँ। उनी सहकारी सँस्थाका अध्यक्ष रहेछन्। पाँच हजार सदस्य संख्या रहेतापनि तरलताले गर्दा सँस्था चलाउन गाह्रो परेको , नोटबन्दीको कुरा संसदमा उठाए पनि तरलताको स्थिति अन्त्य हुन्थ्यो कि जस्ता बिचार उनले मसँग पोखे। आधा घण्टा जति भलाकुसारी हुँदा पनि मेरो बारेमा उनले कुनै परिचय लिन चाहेनन्।