IMG-20230208-WA0014

कञ्चनपुर– कृष्णपुर नगरपालिकाको नगरस्तरिय १३ औं राष्ट्रपति रनिङ् सिल्ड प्रतियोगिता सुरु भएको छ । बुधबार कृष्णपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरे ।

नगरपालिका नगर प्रमूख हेमराज ओझाको सभापतित्वमा उदघाटन कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगिता कृष्णपुर नगरपालिका भित्र रहेका १३ वडा सामुदायीक विद्यालयहरु र १० वटा संस्थागत विद्यालयहरु गरी २३ वटा विद्यालयहरु सहभागी भएका छन् ।

उक्त रनिङ् सिल्ड प्रतियोगिता कृष्णपुर नगरपालिका ४ मा स्थित कृष्ण माध्यमिक विद्यालय को प्राङ्गण मा सञ्चालन भइरहेको छ ।

प्रतियोगिता यहि माघ २७ गते सम्म संचालन हुने भएको छ । यस्तै प्रतियोगितामा विजेता, उप विजेता,लगायत उत्कृष्ट खेलाडीहरुलाई रजत, कास्य, स्वर्ण पदक, मेडल, शिल्ड प्रदान गरिने भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ