शुक्रबार, जेठ ५ २०८०

बैतडी । बैतडीमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका वडा नं ३ कुजागाडकी ३७ वर्षिया बिमला भाटको मृत्यु भएको हो ।

पारिवारिक स्रोतका अनुसार गत बैशाख २३ गते आफनै खरबारीमा स्याउला काट्न गएकी बिमला रुखबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।

घाइते बिमलाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको थियो । गम्भीर घाइते बिमलाको उपचार सम्भव नभएको भन्दै डाक्टरहरुले अस्पतालबाट डिस्चार्ज गरेपछि घर ल्याउने क्रममा बिहिवार राती मृत्यु उनका आफन्त स्रोतले बताए । बिमलाका घरमा श्रीमान, दुई छोरा र दुई छोरी रहेका बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ