घोडाघोडी। घोडाघोडी नगरपालिका वडा नम्बर ८ तारानगरमा श्री जनबिश्वास कृषि सहकारी संस्था लिमिटेडको तेस्रो साधारणसभा सम्पन्न भएकाे छ ।
उक्त सहकारी संस्थाको आर्थिक वर्ष २०७९/२०८० आर्थिक प्रतिवेदन को आधारमा रू ८ लाख १४ हजार नौ सय तिरासि बराबरको कारोबार भएको र १७७ शेयर सदस्य वृद्धि भएको जानकारि करविर विश्वकर्माले आर्थिक प्रतिवेदन प्रस्तुत थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएका सांसद खुसीराम चौधरीले सहकारी संस्थालाई आर्थिकरुपमा सबल बनाउनको लागि राज्यबाट गर्न सकिने पुजीगत अनुदान को व्यवस्था गर्नसक्ने प्रतिबद्धता दिएका हुन् । र विभिन्न सूचनाका आधारमा प्रस्तावना हाल्न प्रोत्साहान गरेका हुन ।
र विशिष्ट अतिथिको रुपमा उपस्थित हुनुभएका घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर राउतले सम्पूर्ण शेयर सदस्य जिउहरुले आफ्ना सबै अनावश्यक खर्चलाई कटौती गर्दै सहकारी संस्थालाई बचत गर्ने भकारी बनाउन सकियो भने सहकारी संस्थाको आर्थिक पूंजी वृद्धि हुन सक्ने कुरामा जोड दिएका थिए र उत्पादनमा जोडी व्यवसाय गर्न थप हौसला प्रदान गरेका थिए ।
र उक्त सहकारी संस्थाका सेर बाहादुर थापा, गगने सुनार इन्द्रसरा वि.क र पनि देबि वि.क चार जना शेयर सदस्यलाई उत्कृष्ट बचतकर्ता र उत्कृष्ट कृषकको रुपमा दोसल्ला ओढाएर प्रमुख अतिथि र विशिष्ट अतिथि को हातबाट सम्मान प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
साधारण सभामा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सांसद खुशिराम चौधरी, विशिष्ट अतिथि घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर राउत, अथिति वडा नम्बर ८ का अध्यक्ष विर बहादुर साउद लगायतका अतिथिहरूको उपस्थिति रहेको थियोे । धनबहादुर विश्वकर्माको सभापतित्वामा भएको उक्त कार्यक्रममा सञ्चालन रोशन रसाइलीले गर्नुभएको थियो भने स्वागत मन्तब्य करवीर विश्वकर्माले गर्नुभएको थियो ।