402692cb-3b53-47fe-9b12-24904b79c8e8

धनगढी, ४ बैशाख। सुदुरपश्चिमको अस्थाई राजधानी धनगढीमा सप्टवेयर निर्माण कम्पनि खुलेको छ । नयाँ बर्षको अवशर पारेर निर्माण कम्पनि बि.जी इन्फोटेक्स सञ्चालनमा आएको हो । धनगढी उपमहानगरपालिका ५ तारानगरमा कम्पनि सञ्चालनमा आएको हो । कम्पनिको एक कार्यक्रमका बिच प्राध्यापक डा.हेमराज पन्तले उद्घाटन गरेका हुन् ।

बि.जी इन्फोटेक्सका प्रबन्ध निर्देशक ई.मिन बोगटीले सुदुरपश्चिममै नौलो ब्यवसाय सञ्चालनमा ल्याएको बताए । सामान्य वेबसाइट निर्माण देखी आइ.टी सम्बन्धी काठमाण्डौँ धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै धनगढीमै यि सुबिधा सहितको बि.जी इन्फोटेक्स सञ्चालनमा ल्याएको उनले बताए । हामीले १ देखी ६ महिनासम्मका आइ.टी तालिम सञ्चालन गर्ने छौँ बोगटीले भने “आइ.टी सम्बन्धीका सबै कक्षा सञ्चालन एवं बिभिन्न वेबसाइट डिजाइन तथा तयार गर्ने छौँ, वेब बिकास, एप, डिजिटल मार्केटिङ, वेब होस्टिङ लगायतका काम हामी गर्ने छौँ ।”

३० लाख लागतमा सञ्चालित बि.जी इन्फोटेक्सले आइ.टी सम्बन्धी बिकासमा महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा लिइएको छ । वेब डिजाइनका लागी काठमाण्डौँ लगायत बाहिर सम्पर्क गर्नुपर्ने बाध्यता यसले टार्ने अपेक्षा छ । कार्यक्रममा नेपाली काग्रेंस कैलालीका सचिव नृप बहादुर सुनार लगायत बिभिन्न ब्यक्तीहरुको सहभागिता थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ