Screenshot_20241224-205933_Messenger

धर्म प्रचारकाे झुठा आराेपमा पाष्टर जन्मजय भट्टराई पक्राउ परेका छनकैलाली लम्कि चुहा नगरपालिकाका सामुदायिक चर्चका पाष्टर जन्मजय

कैलाली। धर्म प्रचारकाे झुठा आराेपमा पाष्टर जन्मजय भट्टराई मंगलबार बिहान करिब ७ बजे उनकै निवासबाट प्रहरीले पक्राउ गरेका छन् ।

लम्की सामुदायिक चर्चका पास्टर तथा नेपाल राष्ट्रिय इसाइ समाजका संस्थापक अध्यक्ष हुनुहुन्छ। उनलाई ख्रीष्टमसमा आफ्नो समुदायमा वरपर धर्म प्रचारप्रसार गरेकोआरोपमा पक्राउ गरिएको छ। सोको विरोध गर्दै विभिन्न ख्रिष्टियन संघसंस्थाको घोर विरोध गर्नुभएको छ।

कैलालीका विभिन्न धार्मिक संघसंस्था र राष्ट्रिय ख्रिष्टियन मण्डली महासङ्घका अध्यक्ष रामप्रसाद न्यौपानेले सोप्रति घोर आपत्ति जनाउनु भएको छ र विनाशर्त रिहाइको माग समेत गर्नुभएको छ। ख्रिष्टमसकाे उपलक्ष्यमा विद्यालयको आग्रहमा गरिब विद्यार्थीहरुलाई झाेला वितरण कार्यक्रममा ख्रिष्टमसको सन्देश दिनुभएको थियो । उहाँले कुनै पनि बाइबल प्रचारकाे लागि पम्प्लेटहरु कुनै पनि वितरण गर्नुभएको थिएन।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ