Messenger_creation_615FFEC2-605F-4103-AA7D-BABA8EF6CA06

जुम्ला । कर्णाली प्रदेश राकम कर्णाली उप-प्रदेश अन्तर्गत शाखा कार्यालय जुम्लामा आवद्द सदस्यहरूलाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएकाे छ ।सो कार्यक्रममा सदस्यहरूलाई लघुवित्तको नयाँ सेवा सुविधा, कर्जाको उचित सदुपयोग, वित्तीय योजना निर्माण तथा ग्रामीण महिलाहरूको जीवनस्तर सुधारमा लघुवित्तको योगदानका विषयमा जानकारी दिइएको थियो।

कार्यक्रमको सभा अध्यक्ष जुम्ला जिल्ला चन्दननाथ नगरपालिका वडा नं ७, का वडा सदस्य नेत्र बहादुर खत्री, प्रमुख अतिथि एनआइ सी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड का प्रमुख कार्यकारी अधिकृत चोलाराज शर्मा जोशी , विशिष्ट अतिथि कार्य सञ्चालन तथा कर्जा विभाग प्रमुख राकेश श्रेष्ठ, अतिथिका रूपमा कर्णाली प्रदेश प्रमुख नवराज सिंह, अतिथि का रूपमा राकम कर्णाली उप प्रदेश प्रमुख धर्मराज बम काे उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा स्वागत मन्तव्य व्यक्त यसै शाखाका शाखा प्रबन्धक नैन बहादुर बिष्ट ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने उक्त कार्यक्रमको सञ्चालक शाखा कार्यालय जुम्लामा कार्यरत कर्मचारी उदयराज देवकोटाले गर्नुभएको थियो। यसै कार्यक्रममा विभिन्न समूहबाट १४५ जना सदस्य तथा अभिभावकहरुकाे उपस्थिति रहेकाे थियाे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ