FB_IMG_1772686880173

धनगढीः कैलाली जिल्लामा मतदान सुरु भएको तीन घण्टासम्म जम्मा २।२८ प्रतिशत मात्रै मत खसेको छ। प्रदेश निर्वाचन अधिकारी प्रेम भट्टका अनुसार जिल्लाका पाँच निर्वाचन क्षेत्रमा कुल १२ हजार ५०८ मत खसेको हो।

जिल्लामा कुल ५ लाख ५१ हजार ५१ मतदाता रहेका छन्। निर्वाचन क्षेत्रअनुसार मतदाताको संख्या फरक–फरक रहेको छ। कैलाली–१ मा १ लाख ८ हजार ४९१ जना, क्षेत्र नम्बर २ मा १ लाख ७ हजार ७५७ जना र क्षेत्र नम्बर ३ मा १ लाख ९ हजार १२२ जना मतदाता छन्।

त्यस्तै, क्षेत्र नम्बर ४ मा १ लाख १५ हजार १४३ जना तथा क्षेत्र नम्बर ५ मा १ लाख १० हजार ५३९ जना मतदाता रहेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ