FB_IMG_1774660515872

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज (चैत १५) अदालतमा पेश गरिँदै छ। उनीहरू दुवै शनिबार पक्राउ परेका हुन्।

शनिबार अदालत बन्द हुने भएकाले प्रहरीले उनीहरूलाई आइतबारसम्म हिरासतमा राखेको थियो। आज भने अनुसन्धानका लागि थुनामा राख्न अनुमति माग्दै अदालतमा पेश गरिँदै छ।

ओली नेतृत्वको सरकार हुँदा भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले उक्त आन्दोलनमा ७६ जनाको ज्यान गएको भन्दै यसको मुख्य जिम्मेवार ओली र लेखकलाई ठहर गरेको छ।

सरकारले आयोगको प्रतिवेदन लागू गर्ने निर्णय गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ