Screenshot_2026-03-31-15-55-10-352_com.facebook.katana-edit

काठमाडौंमा । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग सुदूरपश्चिम प्रदेशका नेकपा (एमाले) का सांसदहरूले भेट गरेका छन्।

सांसदहरूले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि प्रतिशोध गरिएको गुनासो गरेका छन्।

उनीहरूले देश विकासका लागि सबै मिलेर काम गर्नुपर्ने कुरा पनि बताएका छन्।

यो भेटमा यज्ञ बोगटी लगायत अन्य सांसदहरू पनि सहभागी थिए।

प्रधानमन्त्री बालेनले आफ्नो क्षेत्रका समस्या लिखित रूपमा दिन आग्रह गरेका छन्।

मंगलबार (चैत १७) प्रधानमन्त्रीले विभिन्न दलका सांसदहरूसँग छलफल गरेका हुन्।

यसअघि सोमबार (चैत १६) उनले कोसी र कर्णाली प्रदेशका सांसदहरूसँग पनि छलफल गरेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ