तिमी गएपनि फरक पर्दैन,आएपनि फरक पर्दैन ।
म पत्थर बनिसकें अब, हिर्काएपनि फरक पर्दैन ।
दियो हुँ! आफु जलेर उज्यालो दिने सामर्थ्य राख्छु,
अब तेल थपेपनि,मलाई निभाएपनि फरक पर्दैन ।
कयौँ रातहरु,सिरानी हालेर,निदाएको छाती हो,
खुसीसाथ जलाउछौ भने,जलाएपनि फरक पर्दैन ।
लडेर उठेकै दिनबाट मैले,सम्हालिएर हिँडन सिकेँ,
मल्हम या, नुनचुक जे लगाएपनि फरक पर्दैन ।
मेरो व्याख्या गर्नुपरे कसरी गर्छौ,त्यो तिम्रो मर्जी हो,
मलाई जीवनभर गलत देखाएपनि फरक पर्दैन।
के बनाउने रहर छ, के बनाउछौ मेरो दिलभित्र ?
मन्दिर बनाऊ,या चिहान जे बनाएपनि फरक पर्दैन ।
सृष्टि सावित्रा✍️