अब मौनता होइन, आवाज बन्नेछु म,
आफ्नै यात्राको आफैं टाज बन्नेछु म।
सधैं अरूकै सपना बोकेर हिँड्ने दिन गए,
अब आफ्नै चाहनाको उडान बन्नेछु म।
कमजोर ठानेर बाँध्न खोज्ने हातहरूलाई,
विश्वासको अटल पर्खाल बन्नेछु म।
घरको चौघेराभित्र मात्र सीमित छैन जीवन,
ज्ञान र कर्मको खुला आकाश बन्नेछु म।
मेरो परिचय कसैको नामसँग जोडिन्न अब,
आफ्नै संघर्षले बनेको राज बन्नेछु म।
समानताको बाटोमा काँडा धेरै भए पनि,
परिवर्तनको उज्यालो आज बन्नेछु म।
नारी हुनु कमजोरी होइन शक्ति पनि हो,
युगले खोजेको नयाँ आवाज बन्नेछु म।
मोती रत्न हाल नेपालगन्ज