garbha2021-03-02-06-25-40

धनगढी,११ चैत । भारतका विभिन्न शहरबाट गौरीफन्टा नाका हुँदै कैलाली प्रवेश गरेका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो ४-५ दिनमा गौरीफन्टा नाका भएर कैलाली प्रवेश गरेका ११ जनामा संक्रमण पुष्टि भएको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालले ११ जनामा संक्रमण देखिएको पुष्टि गरे । भारतबाट फर्किरहेका नेपालीमा संक्रमण देखिन थालेपछि सतर्कता बढाइएको छ ।

यस्तै पश्चिमी सीमा नाका गड्डचौकी र डोके बजार भएर भारतबाट स्वदेश फर्कने यात्रुहरुको एन्टिजेन विधिबाट कारोना परीक्षण सुरु गरिएको छ। सीमा नाकाको हेल्थ डेस्कमा स्वास्थ्यकर्मीको व्यवस्था गरी परीक्षण सुरु गरिएको हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ