घनगढी १२ चैत्र : कैलाली जिल्लाका धनगढ़ीका सडक धुलाम्य बनेका छन् । धनगढी उपमहानगरपालिका ५ स्थित जाँइ देखी वडानँ ६ जालीसम्म पुननिर्माण गरिन लागेको सडक धुलाम्य बनेको हो ।
पिच सडकलाइ भत्काएर पुननिर्माण गर्न लागिएको उक्त सडक निर्माण हुनुअघि ब्यवस्थित थियो । तर नगरपालिका र प्रदेश सरकारको बजेटमा ठेकेदार मार्फत निर्माण गरिन लागेको सडकको काम अब्यवस्थित बनेपछि धुलाम्य बनेको स्थानिय अर्जुन महताेले बताए ।
उनले भने, ‘सडकमा नाली बनाउन भनेको थियो, नाली बनेको छैन । धुलाम्य सडकले नागरिकले सास्ति भोग्नुपरेको छ । सडकमा हिड्नै नमिल्ने अवस्था आएपछि स्थानिय सबै मिलेर बाटो बन्द गरिएको छ ।’
सडकमा नाली निर्माण र धुलो ब्यवस्थान नहुन्जेल बाटो बन्द रहने महरले बताए ।

यस्तै धनगढी ६ का वडाध्यक्ष्य भागिराम चौधरीले नाली निर्माण र ग्राबिल गरेर मात्रै सड निर्माण थाल्नुपर्ने बताए । उनले उक्त बाटो धुलाम्य हुदा हिँडडुलमा समस्या भएको समेत बताए ।