हसुलिया १४ चैत्र। कैलाली जिल्लाको कैलारी गाउँपालिका-५, गोबरैलामा व्यवसायिक साक्षरता कक्षा समापन कार्यक्रम आज सम्पन्न भएको छ ।
बनदेबी सहकारी संस्थाको आयोजनामा र यु यस आई डीको सहकार्यमा फीड डी फ्यूचर ज्ञानमा आधारित एकिकृत दिगो कृषि परियोजना किसान-२ नेपाल कम्पोनेन्ट ४ अन्तर्गत सञ्चालन भएको १० व्यवसायिक साक्षरता कक्षा समापन भएको हो । सो १० महीने व्यवसायिक साक्षरता कक्षा कैलारी गाउँपालिकाको वार्ड न. ३, ४, ५ र ७ मा संचालित रहेको थियो। गत बर्षको मंसिरबाट सुरु भएको साक्षरता कक्षा कोभिड-१९ को कारणले प्रभावित भएकोले आज भर्खर समापन गरेको कुरा मास्टर ट्रेनर अमृत पण्डितले जानकारी गराउनु भयो।
समापन कार्यक्रमका वार्ड न. ७ का वडा अध्यक्ष श्री कमल प्रसाद चौधरी, यु यस आई डीको बिष्णु शाही, वार्ड न. ५ का वडा सदस्य भागुदास चौधरी, यु यस आई डीको समुदाायिक प्रशिक्षकहरु, भलमन्साहरु स्थानीय बासीहरुको सहभागीता रहेको कार्यक्रममा झुम्रा नाच पनि प्रस्तुत गरिएको थियो भने सहभागीहरुलाई प्रमाण पत्र पनि दिएको थियो।