काठमाडौं : नेपाल पत्रकार महासंघको ६६औं स्थापना दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ। तर‚ विगतका वर्षजस्तो प्रभात फेरी कार्यक्रम आयोजना गरिएको छैन।
महासंघका अध्यक्ष गोविन्द आचार्यले पूर्वअध्यक्ष र पादाधिकारीसँग छलफल गर्न लागिएको र जिल्ला तहमा विभिन्न रचनात्मक कार्यक्रम गरी स्थापना दिवस मनाइने जानकारी दिए।
देशभरका पत्रकारहरु महासंघको नयाँ नेतृत्व चयनका लागि चुनावमा व्यस्त भएकाले पनि खासै औपचारिक कार्यक्रम राखिएको छैन। महासंघमा नयाँ नेतृत्वका लागि चैत २५ गते चुनाव हुँदैछ। चुनावका लागि केन्द्रमा उम्मेदवारको मनोनयन सकिएको छ।