Advertisements
धनगढी, १६ चैत । सुदूरपश्चिममा थप १५ जनामा कोरोना पुष्टि भएको छ । गौरीफन्टा नाकाबाट नेपाल प्रबेश गरेका १२ जना र धनगढीका ३ जना गरि १५ जनामा कोरोना पुष्टी भएको सेती प्रादेसीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सेती अस्पतालको प्रयोशालामा २९ जनामा गरिएको परिक्षणमा १५ जनामा कोरोना पुष्टि भएको जनाएको छ । अस्पतालमा २ जना आइसीयुमा रहेका छन् भने २ जना आइसोलेशनमा रहेको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए । पछिल्लो समय भारतका बिभीन्न शहरबाट दैनीक सयौको संख्यामा नेपालीहरु घर फर्किनेक्रम जारी रहेको छ ।