Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the ads-for-wp domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/kailari1/public_html/wp-includes/functions.php on line 6121
राष्ट्रिय थारु साहित्य सम्मेलनको तयारी पूरा – कैलारी पोष्ट
164257440_871081620339941_299515540918565192_n-1

धनगढी, २० चैत। थारू लेखक संघ नेपालको आयोजनामा यहि चैत २१ र २२ गते सुर्खेतमा हुने थारु राष्ट्रिय साहित्य सम्मेलनको तयारी पूरा भएकाे छ ।

भब्य सभ्य बनाउनको लागि प्रचारप्रसार, आर्थिक संकलनलाई तीव्रता दिइएको सम्मेलन व्यवस्थापन समितिका संयोजक मानवहादुर पन्नाले जानकारी दिए । उनका अनुसार सम्मेलनको तयारी करिब पुरा भएको छ । सम्मेलनमा हुने छलफल तथा विषयबस्तुमा तयारी भइसकेको जानकारी दिदै संयोजक पन्नाले जिल्ला जिल्लाबाट आउने स्रष्टाहरुको नामावली अाईसकेकाे बताए ।

थारु बाहुल्य रहेकाे तराइका २४ जिल्लाका थारु लेखक, पत्रकार, साहित्यकार एवं थारु अगुवाहरुको सहभागिता रहने सम्मेलनमा भारतमा बस्ने थारुहरूको समेत सहभागिता रहने उनले बताए । सम्मेलनलाई अन्तराष्ट्रिय स्तरको रुपमा बनाउनको लागि भारतमा बसोबास गर्ने थारुहरुलाई समेत बोलाउने तयारी भइसकेकाे उनले जानकारी दिए । दुइदिनसम्म चल्ने सम्मेलनमा समकालीन साहित्य, कला तथा संस्कृति’bout बहस, लेखक तथा स्रष्टाहरू र सरोकारवालाहरूबीच बृहत अन्तरक्रिया तथा छलफल गरिने छ ।

त्यसैगरि थारु लोककला र सोन्दर्यबोध, निमाङ थारु लेखनशैली, थारु गीतको बाटो कता ?, बाल साहित्य कसरी लेख्ने लगायत विषयम छलफल हुने छ । यसैगरि थारु पहिचानको सवावलहरु, सुर्खेतमा थारु पहिचान, थारु भाषाको कविता वाचन, गैर थारु साहित्यकारको नजरमा थारु साहित्य, लोकसाहित्यको अवसर र सम्भावना लगायत विषयमा बृहत छलफ हुने र यहि वर्ष प्रकाशन भएका दर्जन भन्दा वढि पुस्तकको विमोचन गर्ने तथा थारु भाषाका विभिन्न पुस्तक प्रदर्शनी तथा विक्रिवितरणको लागि स्टलहरु राखिने छ

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ