धनगढी १९ बैशाख। आइतबार सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा ६ सय ५१ नमूना पीसीआर तथा ८२७ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएकोमा कूल १४७८ नमूना परीक्षण गर्दा ४७४ जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।
पीसीआर विधिबाट परीक्षण गर्दा २६० जना संक्रमित भेटिएका छन् भने। ऐन्टिजेन विधिबाट परीक्षण गर्दा २१४ जना संक्रमित फेला परेका छन्। सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बझाङ, जिल्ला अस्पताल बैतडी र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ५१ जनाको नमूना परिक्षण गर्दा थप २६० जनामा संक्रमण पुस्टि भएको निर्देशनालयले जनाएको छ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३७१ नमूना परीक्षण गर्दा १२४ जना, महाकाली अस्पतालमा ५३ नमूना परीक्षण गर्दा ४३ जना, डडेल्धुरा अस्पतालमा ५८ नमूना परीक्षण गर्दा ३१ जना, जिल्ला अस्पताल बझाङको प्रयोगशालामा ३६ जनाको नमूना परीक्षण गर्दा २१ जना, जिल्ला अस्पताल बैतडीमा ९४ नमूना परीक्षण गर्दा २७ जना र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ३७ जनाको नमूना परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुस्टि भएको छ।
हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा १ लाख ८३ हजार ९ सय ४५ नमूना परीक्षण गर्दा १९ हजार ३ सय ९२ जनामा संक्रमण फेला परेको छ। प्रदेशभर संक्रमण पुस्टि भएका १४ हजार ३ सय ३० जनाले कोरोना जितेका छन् भने ११२ जनाको मृत्यु भएको छ। सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ, भने ३२ जना संक्रमित निको भएका छन्।