धनगढी, २६ बैशाख। कैलालीको गेटा मेडिकल कलेजमा आईसोलेसन बनाउने काम सकिए पनि अन्य कुराहरुको व्यवस्थापन हुन नसक्दा संञ्चालनमा आउन सकेको छैन ।
कोरोनाका बिरामीको उपचारको लागि निर्माणाधीन गेटा मेडिकल कलेजको भवनमा आइसोलेसन निर्माणको काम सकिए पनि अक्सिजन र जनशक्तीको व्यवस्थापन गर्न नसकिएको हो ।मेडिकल कलेजको भवनमा विद्युत, खानेपानी, शैय्या लगायत सबै संरचना बनाउने काम सकिएको छ । तर सञ्चालनमा ल्याउन भने कठिनाई देखिएको छ ।जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी मातहत रहने गरी सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा आइसोलेसन निर्माण गरिएको हो । तर अक्सिजन ग्यास र जनशक्ती व्यवस्थापनमा ढिलाइ हुँदा सेवा सुरुवात गर्न नसकिएको बताईएको छ ।
एक्सन ओरियन्टेट कमिटीका संयोजक समेत रहेका धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले अक्सिजन र जनशक्ति व्यवस्थापनको कार्य भईरहेको भन्दै जति सक्दो चाँडो सेवा सुरु गर्ने गरी लागिएको बताए ।ग्यासको व्यवस्थापन इन्डोर सिस्टमबाट गरिरहेका छौं । गेटाको लागि ३ सय सिलिण्डरको व्यवस्थापन भइरहेको छ ।’ मेयर वडले भने– ‘खाली सिलिण्डर नभएर केही समस्या भएको छ । खाली सिलिण्डर कसैसँग भए बुझाउन समेत अनुरोध गर्दछु । सिलिण्डर उपलब्ध गराउनेलाई उचित सम्मान पनि गर्नेछौं ।’
सुरुवाती अवस्थामा एक सय शैय्याबाट आइसोलेसन सञ्चालन गरिने भएको छ । त्यसपछि ५ सयदेखि २ हजार शैय्यासम्म विस्तार गरिने योजना बनाईएको छ ।
तत्काल एयर लिफ्ट गरेर अक्सिजन पठाउन माग
सेती प्रादेशिक अस्पतालले अक्सिजनको अभावमा कोरोना संक्रमितको उपचार अत्यन्त कठिन भएको जानकारी दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई तत्काल एयर लिफ्ट गरेर अक्सिजन पठाउन आग्रह गरेको छ ।
कोरोना संक्रमण भयावह रुपमा फैलिएको बताउदै अस्पतालले तत्काल अक्सिजन उपलब्ध नभए स्थिति भयावह हुने समेत स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएको छ ।सेती प्रादेशिक अस्पतालका मेसु डा. हेमराज पाण्डेयले आज बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संक्रमितहरुको ज्यान जोगाउन तत्काल एयर लिफ्ट गरेर अक्सिजन पठाउन पत्र पठाएका छन् ।
टीकापुर अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा उपचारत पाँचजनाको ज्यान गएको हो । टीकापुर अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिकाकाका चार र जानकी गाउँपालिकाका दुई जना पुरुष रहेका छन् ।
टीकापुर अस्पताल : अक्सिजन अभाव, बिरामीको बिचल्ली
टीकापुर अस्पतालका अनुसार टीकापुर नगरपालिका १ का ६० वर्षीय, ५० वर्षीय, ६२ वर्षीय र ४५ वर्षीय पुरुष छन् भने जानकी गाउँपालिका २ का ५४ र १ का ५१ वर्षीय पुरुषको ज्यान गएको हो ।
टीकापुर नगरपालिका वडा नं। १ का ६२ वर्षीय पुरुषको आइतबार बिहान १० बजे र ४६ वर्षीय पुरुषको १२ बजे निधन भएको छ । १ का ६० वर्षीय पुरुषको आइतबार बिहान ७ बजे अस्पतालको इमरजेन्सी कक्षमा ज्यान गएको हो ।
उनी वैशाख २२ गते अस्पताल भर्ना भएका थिए । ती पुरुषमा कडा निमोनिया देखिएको थियो । १ कै ५० वर्षीय पुरुषको समेत इमरजेन्सी कक्षमै ज्यान गएको हो । उनको शनिबार बेलुकी ७स्५० बजे ज्यान गएको थियो । श्वासप्रश्वासमा कठिनाइ र खोकीको समस्याले शनिबार नै भर्ना भएका ती पुरुषको एन्टीजेन विधिबाट कोरोना संक्रमण पोजिटिभ देखिएको थियो ।त्यस्तै, जानकी गाउँपालिका २ का ५४ वर्षीय पुरुषको आज बिहान २ स्१० बजे ज्यान गएको हो । उनी शनिबार इमरजेन्सी कक्षमै भर्ना भएका थिए । ती पुरुषमा समेत कोभिडका लक्षणहरु देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।
उता, जानकी गाउँपालिका १ का ५१ वर्षीय पुरुषमा समेत कोरोनाका लक्षणहरु देखिएका थिए । उनी २३ गते भर्ना भएका हुन् । उनको अस्पतालमा रहेको उच्च उपचार कक्षमा शनिबार बेलुकी ४ स्४५ बजे निधन भएको हो ।दोस्रो चरणको कोरोना लहर फैलिएपछि अस्पतालमा १४ जनाले ज्यान गुमाएका छन् । टीकापुर अस्पतालका कोरोना फोकल पर्सन डाक्टर रमेश प्रसाद उपाध्यायले अस्पतालमा रहेको अक्सिजन सकिने अवस्था हुँदा थप हताहत हुने अवस्था आएको बताए ।
डाक्टर उपाध्यायका अनुसार अस्पतालको उच्च उपचार कक्षमा १२ जना भर्ना गरिएका छन् भने अस्पतालको इमरजेन्सी, ओपीडी बिरामीले भरिएका छन् । ‘५० जनालाई नियमित अक्सिजन दिइरहेका छौं, अक्सिजनको ब्याकप अहिलेसम्म छैन, ुउनले भने ‘अक्सिजन सकियो, व्यवस्थापन गर्न सकिएन भने अन्य बिरामीको ज्यान जान सक्छ । निकै हताहती भएको अवस्था छ ।ु अक्सिजन पर्याप्त नहुँदा समेत उपचारमा समस्या भइरहेको उनले बताए ।