टीकापुर, २६ बैशाख । टीकापुर अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा उपचारत पाँचजनाको ज्यान गएको हो । टीकापुर अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिकाकाका चार र जानकी गाउँपालिकाका दुई जना पुरुष रहेका छन् ।
टीकापुर अस्पतालका अनुसार टीकापुर नगरपालिका १ का ६० वर्षीय, ५० वर्षीय, ६२ वर्षीय र ४५ वर्षीय पुरुष छन् भने जानकी गाउँपालिका २ का ५४ र १ का ५१ वर्षीय पुरुषको ज्यान गएको हो ।
टीकापुर नगरपालिका वडा नं। १ का ६२ वर्षीय पुरुषको आइतबार बिहान १० बजे र ४६ वर्षीय पुरुषको १२ बजे निधन भएको छ । १ का ६० वर्षीय पुरुषको आइतबार बिहान ७ बजे अस्पतालको इमरजेन्सी कक्षमा ज्यान गएको हो ।
उनी वैशाख २२ गते अस्पताल भर्ना भएका थिए । ती पुरुषमा कडा निमोनिया देखिएको थियो । १ कै ५० वर्षीय पुरुषको समेत इमरजेन्सी कक्षमै ज्यान गएको हो । उनको शनिबार बेलुकी ७स्५० बजे ज्यान गएको थियो । श्वासप्रश्वासमा कठिनाइ र खोकीको समस्याले शनिबार नै भर्ना भएका ती पुरुषको एन्टीजेन विधिबाट कोरोना संक्रमण पोजिटिभ देखिएको थियो ।
त्यस्तै, जानकी गाउँपालिका २ का ५४ वर्षीय पुरुषको आज बिहान २ स्१० बजे ज्यान गएको हो । उनी शनिबार इमरजेन्सी कक्षमै भर्ना भएका थिए । ती पुरुषमा समेत कोभिडका लक्षणहरु देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।
उता, जानकी गाउँपालिका १ का ५१ वर्षीय पुरुषमा समेत कोरोनाका लक्षणहरु देखिएका थिए । उनी २३ गते भर्ना भएका हुन् । उनको अस्पतालमा रहेको उच्च उपचार कक्षमा शनिबार बेलुकी ४ स्४५ बजे निधन भएको हो ।
दोस्रो चरणको कोरोना लहर फैलिएपछि अस्पतालमा १४ जनाले ज्यान गुमाएका छन् । टीकापुर अस्पतालका कोरोना फोकल पर्सन डाक्टर रमेश प्रसाद उपाध्यायले अस्पतालमा रहेको अक्सिजन सकिने अवस्था हुँदा थप हताहत हुने अवस्था आएको बताए ।
डाक्टर उपाध्यायका अनुसार अस्पतालको उच्च उपचार कक्षमा १२ जना भर्ना गरिएका छन् भने अस्पतालको इमरजेन्सी, ओपीडी बिरामीले भरिएका छन् । ‘५० जनालाई नियमित अक्सिजन दिइरहेका छौं, अक्सिजनको ब्याकप अहिलेसम्म छैन, ुउनले भने ‘अक्सिजन सकियो, व्यवस्थापन गर्न सकिएन भने अन्य बिरामीको ज्यान जान सक्छ । निकै हताहती भएको अवस्था छ ।ु अक्सिजन पर्याप्त नहुँदा समेत उपचारमा समस्या भइरहेको उनले बताए ।
जनशक्तिको अभावमा आइसीयु प्रयोगविहीन
कोरोना संक्रमितलाई उपचार गर्ने भन्दै टीकापुर अस्पतालमा स्थापना भएको आइसीयु प्रयोगविहीन जस्तै बनेको छ । एनेस्थेसिया र फिजिसियनको अभावमा ७ वटा भेन्टिलेटरसहितको आइसीयु प्रयोगविहीन जस्तै बनेको हो ।
अस्पतालले लामो समयदेखि एनेस्थेसिया र फिजिसियनको माग गर्दै आएको भए पनि व्यवस्था हुन नसक्दा आइसीयुमा भर्ना गरेर उपचार गर्नुपर्ने कोरोना संक्रमित उपचार नपाएर ज्यान गुमाइ रहेका छन् ।
अस्पतालले हाल २० शैयाको एचडियु ९उच्च उपचार कक्ष० स्थापना गरेर कोरोना संक्रमितको उपचार गर्दै आएको छ । अस्पतालका कोरोना फोकलपर्सन डा। रमेश प्रसाद उपाध्यायका अनुसार हालसम्म अस्पतालमा कोरोनाको दोस्रो लहरबाट संक्रमितमध्ये १३ जनाले ज्यान गुमाइसकेका छन । ती मध्ये आज मात्रै ५ जनाले ज्यान गुमाएका हुन ।
आइसीयु सञ्चालनमा आउन नसक्दा कोरोना संक्रमितलाई थप उपचारका लागि धनगढी र नेपालगञ्ज पठाउनु पर्ने वाध्यता छ । ती ठाउँमा रहेका अस्पतालमा समेत कोरोना संक्रमितले सहज रुपमा उपचार पाउन नसक्दा ज्यान गुमाउनु पर्ने अवस्था आएको हो । स्थानीयले जनशक्तिको व्यवस्थापन गरेर भएपनि तत्काल आइसीयू सञ्चालन हुनुपर्ने माग गर्दै आएका छन् ।
अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले जनशक्तिको व्यवस्थापन निकै चुनौतीपूर्ण भइरहेको बताए । ‘गत वर्षदेखि नै एनेस्थेसिया माग्दै आएका छौं, आफू पनि खोजिरहेका छौं तर पाउन सकेका छैनौं’ उनले भने,‘संघीय मन्त्रालय, प्रदेश सरकारमा कुरा गर्दा पनि अहिलेसम्म पाएका छैनौं ।’ अध्यक्ष रावलले अस्पतालमा भएका पूर्वाधारको प्रयोग गर्ने जनशक्ति नहुँदा अकालमा ज्यान गुमाउनु परिरहेको गुनासो गरे ।
कैलालीको पूर्वी भेगका टीकापुर, लम्कीचुहा र भजनी नगरपालिकाका साथै जानकी, जोशीपुर, बर्दगोरिया, मोहन्याल गाउँपालिका र छिमेकी बर्दिया जिल्लाको पश्चिमी भेगका पालिकाका बासिन्दाले उपचार सेवा लिंदै आएको यो अस्पतालले विगत लामो समयदेखि नै जनशक्ति अभाव भोग्दै आएको छ ।
१० जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा हाल ५ जना मात्रै कार्यरत छन । ती मध्ये ३ जना करारमा कार्यरत छन । अध्यक्ष रावलले सुदूरपश्चिम प्रदेश सरकारसँग तत्काल २ जना मेडिकल अधिकृत र १५ जना स्टाफ नर्सको माग गरेको जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले हाल ७ जना मेडिकल अधिकृत खटाएको छ । सुदूरपत्रबाट