mini_trailor_C_202105091449222021-05-09-03-11-41

मान बहादुर चौधरी ,२६ वैशाख । शुक्लाफाँटा नगरपालिका–३ का किसानलाई मुख्यमन्त्री  कृषि नमुना गाउँ तरकारी खेती अन्तर्गत कृषि औजार तथा उपकरण अनुदानमा वितरण गरिएको छ।

कार्यक्रम अन्र्तगत १३ जना किसानलाई पावर टिलर, साना सिंचाइ चार सेट, पोलिहाउस १६ वटा, मल्चिङ प्लाष्टिक २० थान, थोपा सिंचाइ १६, स्प्रे टेंकी ३० वटा, तरकारी गोड्ने मेसिन पाँचवटा, बिउ र बिषादी ५० प्रतिशत अनुदानमा वडा अध्यक्ष नरेन्द्र प्रसाद चौधरीले किसानलाई अनुदानमा कृषि उपरकण तथा औजार वितरण गरेका हुन्।

आर्थिक वर्ष २०७६-७७ देखि नगरपालिकाको पिपलाडी र जोनापुर गाउँका किसानलाई आवद्ध गराई कार्यक्रम सञ्चालन गर्दै आएको छ। चालु आर्थिक वर्षमा कार्यक्रमअन्तर्गत ७१ लख ६५ हजार ९२३ रुपैयाँ कृषि औजार र उपकरण वितरण गरिएको मुख्यमन्त्री कृषि नमुना गाउँ समन्वय समितिका संयोजक टिकुराम डगौराले बताए। उक्त रकममध्ये सुदूरपश्चिम सरकारको ४९ लाख ९९ हजार ८८५ र किसानको २१ लख ६६ हजार ३८ रुपैयाँ रहेको छ। पिपलाडी र जोनापुर गाउँ तरकारी खेतीका लागि अग्रणी गाउँको रुपमा रहेको छ। प्रत्येक वर्ष किसानलाई अनुदानमा कृषि औजार र उपकरण उपलब्ध गराइँदै आएको वडाध्यक्ष चौधरी बताए। 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ