1613444423Seti-Corona-Hospital
Advertisements

धनगढी, ४ जेठ/सेती प्रादेशिक अस्पतालद्वारा संक्रमित बिरामीका उपचारका लागि १३५ शैया थपेको छ ।कोरोना अस्थायी अस्पतालबाट ५० शैयाबाट उपचार सेवा सुरु गरेको अस्पतालले अब भने विस्तार गरेर १३५ शैया संख्या पुर्याएको हो।अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अस्पतालले गत वर्षदेखि ५० शय्याको अस्पताल सञ्चालनमा ल्याएको हो।

त्यसैमा ११ शैयाको आइसीयू थप गरेर ६१ शय्या पुर्याएको सूचना अधिकारी दिलिप श्रेष्ठले बताए। संक्रमितको चाप क्रमिक रुपमा बढ्दै गएपछि अस्पतालले केही दिन अघि मात्रै थप ७४ शैया थप गरेको हो।अस्पतालले सर्जिकल वार्ड र आकस्मिक कक्षलाई हाल कोरोना कोरोना वार्ड बनाइएको छ। सर्जिकल वार्डमा ४० र आकस्मिक वार्डमा ३४ शय्या राखिएको हो।

हाल सेती प्रादेशिक अस्पतालमा १११ जना संक्रमितलाई भर्ना गरिएको छ। जसमध्ये १ जनालाई भेन्टिलेटरमा, १६ जनालाई आईसीयूमा र बाँकीलाई अक्सिजन सहयोगमा राखिएको बताइएको छ। शय्या विस्तारपछि संक्रमित बिरामीले सहज रुपमा उपचार पाउने विश्वास गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ