karnali
Advertisements

सुर्खेत ४ जेठ/ नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशले एक करोड राशिको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना भएको छ । सोमबार कर्णाली प्रदेशको भर्चुअल बैठकले एक करोड राशिको कर्णाली प्रदेश पत्रकार कल्याण कोष स्थापना गर्ने निर्णय गरेको हो ।

कर्णालीका पत्रकारहरूको आपतकालीन उद्धार, उपचार तथा राहतको लागि एक करोड राशिको कल्याण कोष स्थापना गर्ने निर्णय गरिएको नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराईले जानकारी दिए । कोषमा विभिन्न व्यक्ति, तीनै तहका सरकार र विभिन्न सरकारी तथा गैर सरकारी सङ्घ संस्थाबाट सहयोगका लागि आह्वान गरिने उनको भनाई छ ।

यस्तै बैठकले कर्णालीका विभिन्न जिल्लाका पत्रकारहरू दिनहुँ कोरोना संक्रमित हुने सङ्ख्या बढी रहेको प्रति चिन्ता व्यक्त गर्दै पत्रकारलाई कोरोना विरुद्धको लडाइका फ्रन्टलाइनर घोषित गरी उनीहरूको स्वास्थ्य र सुरक्षाका लागि उचित प्रबन्ध गर्न राज्यलाई ध्यानाकर्षण गराएको छ । कर्णालीका पत्रकारहरूलाई आपतकालीन उद्धार तथा उपचार गर्नुपर्ने अवस्थामा महासङ्घका तर्फबाट सहजीकरण गर्त कोषाध्यक्ष गणेश कञ्चन भारतीलाई सम्पर्क व्यक्ति तोकिएको समेत महासचिव भट्टराईले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ