_118140791_gettyimages-1232399549

शंकर दत्त भट्ट, ७ जेठ । तातोपानी नाका हुँदै चीनबाट नेपालमा अहिले दैनिक अक्सिजन  सिलिन्डर आयात हुन थालेको छ । नेपालमा कोभिड–१९ का बिरामी अत्यधिक बढेपछि चीनबाट नेपाली व्यापारीहरूले दैनिक अक्सिजन सिलिन्डर आयात गर्न थालेका हुन् ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमले चीनबाट बुधबार ४० लिटर क्षमताको  ५६० थान अक्सिजन  सिलिन्डर आयात  भएको  जानकारी  दिए ।उनका  अनुसार मङ्गलबार ४० लिटर क्षमताको ६८० थान अक्सिजन सिलिन्डर चीनबाट आयात भएको छ ।पहिलो  पटक चीनबाट सोमबार १० लिटर क्षमताको दुई हजार पाँच सय थान अक्सिजन सिलिन्डर चीनबाट तातोपानी भन्सार कार्यालयमा आयात भएको थियो ।

आयात भएका अक्सिजन सिलिन्डरलाई राजधानी पठाइसकिएको प्रमुख गौतमले बताए । चीनबाट दैनिक रूपमा अक्सिजन आउन थालेपछि कोरोना भाइरस  सङ्क्रमितलाई ठूलो राहत मिलेको भन्सार प्रमुख गौतमले  बताए ।सिल्क ट्रान्सपोर्ट कम्पनीका अध्यक्ष रमेश  शेर्पाका अनुसार चिनियाँ  क्षेत्रमा नेपाली न्यापारीले  हजारौँ सङ्ख्यामा अक्सिजन   सिलिन्डर ल्याउन लागेको जानकारी दिए । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ