57419065_108826696981045_6799307776486014976_n

बीर बहादुर चौधरी (बीरू) बैजपुर हाल: धनगढी

रातदिन मायारूपी मिठा गफ गर्न मन छ।

तिम्रो मेरो प्रेमको बिउ संसारभरी छर्न मन छ।

दुनियाँले परिभाषा हाम्रो प्रेमको गरून हजुर,

तिम्रो मनमा प्रेमको थैलो खादी-खादी भर्न मन छ ।

तिम्रो मेरो सुन्दरताको बखान गर्न एकनाश हेरी रहु,

लहराएको तिम्रो केशमा पुष्प गुच्छा भर्न मन छ।

धेरै भयो लुकी-छिपी फोन च्याट कुरा गरेको,

ईष्टमित्र दुबैका बोलाई कुरा ठिक पार्न मन छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ