173028032_2604265509865893_3035945509482042803_n
Advertisements

खगेन्द्र बस्याल

श्रीमतीको महिनाबारी भएकोले उसले केही दिनका लागि खाना पकाउनका लागि जिम्मेवारी पायो ।खुशीको साथ भान्सामा पुगेर सवै सामाग्री जुटाइ खाना बनाउँदै थियो।श्रीमतीले बाहिर झ्यालबाट नियालेर हेरिरहेकी थिइन।भात छड्कनै लागेको थियो ।उसले ग्यास निभाएर अाफ्नो कोठा तर्फ लाग्यो र ढोका बन्द गर्यो।उनले घरमा रहेका सवैलाइ जुटाइन र भनिन् – लौन केही अप्रिय खवर आए जस्तो छ।खाना पाक्दै गरेको थियोे ।ग्यास निभाएर ढोका बन्द गर्नु भयो ।मलाई समेत केही जानकारी दिनु भएन।उनीहरूले ढोका ढक्ढक्याए,खुलेन।बाहिर झ्यालबाट हेरे।सवै पर्दा लगाएको रहेछ।भित्र केही देखिएन।जेठी छोरीले प्रहरी बोलाउन फोन गर्न थालिन।माफ गर्नु होला,तपाईंले सम्पर्क गर्नु भएको मोबाइल अफ छ भन्ने बोली अायो।माइलो छोराले अात्तिदै छिमेकी बोलाउन तर्फ लाग्यो ।केहीबेर सम्मको लगातार ढक्ढक्याइ पछि बल्ल ढोका खुल्यो ।तर ढोका खुल्दा ऊ हाँसिरहेको देखेर उसकी पत्नीले भनिन् – तपाईं आज पागल त हुनु भएन!के भयो अाज नढाँटी भन्नुस् ।उसले पनि नढाँटी भन्यो- अचानक कथा फुर्यो।तत्काल नलेखे बिलाएर जाने निश्चित थियोे ।यसैले कथा लेख्न मै मेरो सम्पूर्ण ध्यान केन्द्रित भयो ।कथा निकै राम्रो बन्यो ।यसैले म खुशी भएको छु।पहिले यो कथा सुन्ने कि!भात त अाफ्नै हो फेरि ग्यास बालेर पकाइ हाल्छु नि!* तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही । आधुनिक नेपाली लघुकथाबाट

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ