discharge-corona2021-05-24-08-06-11
Advertisements

धनगढी,१० जेठ । सुदूरपश्चिम प्रदेशमा सोमबार ६ सय १० कोरोना संक्रमित थपिएका छन । पिसिआर बिधिबाट गरिएको परिक्षणमा ४ सय ९१ र एन्टिजेन बिधिबाट गरिएको परिक्षणमा १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३६ हजार १ सय ४७ पुगेको छ । जसमध्ये १९ हजार २ सय ८५ जनाले कोरोना जितेका छन । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा १५० जना कोरोना संक्रमित बिभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन ।

सोमबार कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । जसका कैलाली, कञ्चनपुरका ६÷६ जना, बझाङका २ जना, डडेल्धुरा र अछामका १÷१ जना रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ