Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the ads-for-wp domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/kailari1/public_html/wp-includes/functions.php on line 6121
कोरोना भाइरस उत्पत्तिको रहस्य के ? – कैलारी पोष्ट
1800x1200_virus_3d_render_red_03_other-1-1

काठमाडौं, १३ जेठ । सुरुमा चिनियाँ सहर वुहानमा देखिएको कोरोना भाइरसको उत्पत्तिको रहस्य डेढ वर्षसम्म सुल्झेको छैन। वुहानको जनावर बेचबिखन गर्ने एक बजारमा चमेरोबाट मानिसमा यो भाइरस सरेको मानिँदै आएको छ।

चीनले यो भाइरसबारे विश्वलाई सन् २०१९ को डिसेम्बरमा मात्र जानकारी गराए पनि गत साता अमेरिकाको गुप्तचर एजेन्सीको एक प्रतिवेदनले महामारी सुरु भएको मानिएको मितिभन्दा एक महिनाअगाडि अर्थात् नोभेम्बरमा वुहानस्थित वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको एक प्रयोगशालाका अनुसन्धानकर्ताहरू बिरामी भएको र अस्पतालमा उपचार भएको दाबी गरेको छ।यो दाबीसँगै प्रयोगशालाबाट भाइरस बाहिर निस्केको सम्भावना देखिएकाले तथ्य पत्ता लगाउन स्वतन्त्र अध्ययन हुनुपर्ने आवाजलाई थप बल मिलेकोे छ।

कोरोना भाइरस प्राकृतिक हिसाबले नभई प्रयोगशालाबाट उत्पत्ति भएको यसअघि केही विज्ञले बताउँदै आएका थिए। यो प्रतिवेदन सार्वजनिक भएपछि यो विषयको चर्चा उत्सर्गमा छ।यही आइतबार अमेरिकी दैनिक वालस्ट्रिट जर्नलले यसअघि सार्वजनिक नभएको अमेरिकी खुफिया एजेन्सीको एक प्रतिवेदनले वुहानस्थित एक प्रयोगशालाका तीनजना अनुसन्धानकर्ता नोभेम्बरमा नै बिरामी परेको र अस्पतालमा उपचार गरेको देखिएको समाचार सार्वजनिक गरेपछि यो विषयले फेरि विश्वव्यापी चर्चा पाएको हो। 

जर्नलले उक्त प्रतिवेदन यसअघिको डोनाल्ड ट्रम्पको प्रशासनद्वारा सार्वजनिक स्टेट डेपार्टमेन्ट फ्याक्ट सिटमा समावेश गरिएको तथ्यभन्दा फरक र विस्तृत भएको जनाएको छ।अमेरिकाका गुप्तचर एजेन्सीसँग आबद्ध भूतपूर्व तथा वर्तमान अधिकारीले वुहानका अनुसन्धानकर्ता बिरामी भएको तथ्य सार्वजनिक भएपछि यो विषयमा थप अनुसन्धान गर्न आवश्यक रहेको बताएको वालस्ट्रिट जर्नलले जनाएको छ।  

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ