
प्रदूषित ब्यबहार,
बिरामी बिचार, र
अपाङ्ग मानसिकता
बाट ग्रसित भई,
आधुनिक मदिरा भरेर
बिकसित सिरिन्ज घोचेर
म चिर निद्रामा सुतिरँहदा
बलिष्ठ फलामको पिँजडा
मा कोचेर,
संरक्षण को फगट मुकोण्डो
लाएर आफुलाई स्वघोषित
सर्वशक्तिमान को पदवी ले
सम्मान गरिरहँदा , मनुवा हो
खिट्का छोडन मन लाग्छ !
एक सर्को दया जागेर आउँछ।
मेरी हितैषी पर – पर गोरेटो सम्म
आखाँ बिछ्याउदै मलाई कुर्दै छिन !
रूख हरु शान्त र स्थिर मुद्रामा
निशब्द र मौन छन, मौनताको
को मधुरो मैन बत्ती बालेर शोक मनाउँदै छन ।
बाघ मचान को बलेसी बाट कोइलीले
क्रान्तीको भाका हाल्दैछ !
चिरबिर चराहरु पनि स्वतन्त्रता को जुलुस
निकाल्दै छन,
चित्तल फाँटा को कौंसी बाट मयुर
हरु मलाइ चिहाउँदै छन !
बघौराका घाँस हरू चुटिएर फुस्रा भइसके
लम्कोइली बिछोड को पीडा मा लम्पसार
भइ लडेको छ।
खौराहा का किनार हरु बियोगान्त
आँशु झार्दैछन !
मेरो लाचारीपन, निरिह पन
निराशा अनी आजाडीपन को
बिनीत आखाँ हरु,
स्वतन्त्रता का अभिलाषा ले
भरिएका एक हरफ दर्द हरु
चिडिया खाना मा बिसाइरहंदा,
मेरा बिनम्र आग्रह हरु आँखा
बाट असरल्लै बगिरहँदा,
त्यो तिम्रो आँखा को स्वाद लिने
मनोरञ्जन को साधन बन्न पुग्छ !
प्रत्येक दिन घाम झुल्किन्छ तर
आशा का किरण बिहिन
मध्यान्त मा बादलको भप्याङ हुदै
आशाहरु आकाश छुन्छन तर साझँमा
फेरी सित बनेर झर्छन,
कलिलो बिहानी पनि मध्यान्ह मा
बैशाखी टेक्दै साँझ मा बुढो भएर
अस्ताउँछ ।
तर मेरा आशा हरु निराशा मै ढल्छन
हेर्छु मेरो अधिकार को विभत्स हत्या
गरी रगताम्य कहिले सम्म पार्छौ
खबरदार मनुवा फेरी अर्को लाहुरे
निसन्देह पनि जन्मिने छ ।
र क्रान्ती को दियो बाल्दै
स्वतन्त्रता र अस्तित्व संरक्षण का लागी
बिद्रोह गर्नेछ। अविराम !
आवाज विहिन अब्यक्त स्वरहरू पोख्नेछ !
बिचार का बारूद हरुमा
शब्दको गोली भरेर कलमको बन्दुक
मा राखी विष्फोट गर्नेछ एकदिन
अनि मनुवा नामका गिद्धहरु खस्नेछौ
पखेटा नचाउँदै !!
🖊️ Anil Tharu
. Bardiya, Mohanpur