Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the ads-for-wp domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/kailari1/public_html/wp-includes/functions.php on line 6121
‘म बाँच्छु अनि बचाउँछु अभियान’ द्वारा डाक्टरसँग परामर्श सेवा – कैलारी पोष्ट
Untitled_27

धनगढी१४ जेठ, ‘म बाँच्छु अनि बचाउँछु अभियान’ ले डाक्टरसँग परामर्श सेवा कार्यक्रम सञ्चालन गर्ने भएको छ।

यस कार्यक्रममा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउन विशेषज्ञ डाक्टरले परामर्श दिनेछन्।

कार्यक्रम जेठ १४ गते शुक्रबार राति ७ बजेदेखि ७ बजेर ४० मिनेटसम्म जूमका माध्यमबाट चल्नेछ। कार्यक्रममा जोडिन चाहने व्यक्तिहरूले जूम आईडी 91890594612 र पासपोर्ट aviyan लगइन गर्नुपर्नेछ।

कार्यक्रममा कोभिड विशेषज्ञ डाक्टर सुभाष गुप्ताले परामर्श दिनेछन्।

होम आइसोलेसन बस्दा सामान्य स्वास्थ्य मापदण्ड पनि थाहा नपाएका कारणले धेरै मानिसहरुको स्वास्थ्यमा जटिलता देखिएको पनि पाइएको छ। तसर्थ होम आईसोलेसनमा बसेका व्यक्तिहरूको स्वास्थ्य अवस्था सुधार गर्नका लागि डाक्टरसँग परामर्श सेवा कार्यक्रम सञ्चालन गर्न लागिएको ‘म बाँच्छु अनि बचाउँछु अभियान’ का अभियन्ता सुरज खड्काले बताए।

होम आइसोलेसन बस्दा के-के गर्नु पर्छ, के-के खानु पर्छ र होम आइसोलेसनमा बसेका संक्रमित व्यक्तिले स्वास्थ्यमा कसरी सुधार ल्याउने भन्ने बारे कार्यक्रममा जानकारी गराइने छ।

कोरोना संक्रमित भएका या कोरोना संक्रमित नभएका व्यक्तिहरूलाई कार्यक्रममा सहभागी हुन अभियान्ता खड्काले अनुरोध गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ