Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the ads-for-wp domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/kailari1/public_html/wp-includes/functions.php on line 6121
कोरोनालाई जितेपनि मृत्युसंग हार्नेहरु – कैलारी पोष्ट
th

धनगढी, १४ जेठ । बझाङ छान्ना घर भई धनगढी उपमहानगरपालिका–१ शिवनगर बस्ने ४५ वर्षीय कविन्द्र रोकाया कोरोनाबाट संक्रमित भएपछि अस्पताल भर्ना भए । केही साताको उपचारपछि उनी निको भएर तीन दिनअघि घर फर्के ।

उनको रिपोर्ट नेगेटिभ आईसकेको थियो । दुई दिनअघि स्वास्थ्य बिग्रिएपछि अस्पतालाई भर्ना भएका रोकायाको हिजो सेती प्रादेशिक अस्पतालमा मृत्यु भयो । कोरोनालाई जितेपनि उनले मृत्युलाई जित्न सकेनन ।

चिकित्सकले रोकायाको रिपोर्ट नेगेटिभ आएपनि फोक्सो ड्यामेज भईसकेको बताए । धनगढी क्याम्पस रोडका हार्डवेयर व्यवसायी नरेन्द्र बोगटी पनि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भए ।

अक्सिजनको कमि भएपछि परिवारजनले अक्सिजनको जोहो गरिरहे । केही दिनको उपचारपछि उनको कोरोना रिपोर्ट नेगेटिभ आयो । परिवारजनमा आशा जाग्यो, अव त निको भयो भनेर । कोरोना रिपोर्ट नेगेटिभ आएपनि उनी केही दिन अघि बिते ।

धनगढीको कनरीमा मेडिकल पसल सञ्चालन गर्दै आएका भरत नाथ योगी बिरामीको उपचार गर्दा गर्दै संक्रमित भए । परिवारजनले उनलाई कोरोना उपचारका लागि अस्पताल भर्ना गरे ।

उपचारपछि उनको रिपोर्ट नेगेटिभ आयो । तर पनि उनी जोगिएनन । उनको पनि केही दिन अघि मृत्य भयो । यी केही उदाहरण हुन् । सेती प्रादेशिक अस्पतालको तथ्यांकमा कोरोनाबाट मृत्यु हुनेको संख्या हिजो दिनभरीमा शुन्य थियो । तर अस्पतालले त्यो सूचि सार्वजनिक गरिरहदा अस्पतालमै २ जनाको मृत्यु भईसकेको थियो ।

हरेक दिन यसरी मृत्यु हुने नेगेटिभ केस भने कही तथ्यांकमा देखिदैनन । सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या घटेको भन्दै खुशी व्यक्त गरिरहदा नेगेटिभ भएर पनि नजोगिएका व्यक्तिका परिवारमा भने दुःखको बज्रपात भईरहेको छ ।

बिगत केही दिनयता हरेक दिन कम्तिमा एक जनाको यसरी मृत्यु भईरहेको छ । यसरी सरकारी अस्पतालमा भएका मृतकको संख्या बाहिर आईरहेको छैन । निजीको आउने त कुरै भएन ।

सेती प्रादेशिक अस्पतालका कन्सट्याण्ट फिजिसियन डा. निराजन शर्माले रिपोर्ट नेगेटिभ आउदैमा संक्रमित व्यक्ति खतरामुक्त नहुने बताए । शर्मा भन्छन्, निमोनियाले फोक्सो पुरै ड्यामेज गरिदिने भएकोले नेगेटिभ रिपोर्टपछि पनि मृत्यु हुने क्रम तिब्र भएको छ ।

डा. शर्माले रिपोर्ट नेगेटिभ आएका संक्रमितको उपचारलाई गम्भीरतापूर्वक नलिए स्थिति अझ भयावह हुने बताए । उनले भने, कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि पनि उपचारमा सावधानी अपनाउन आवश्यक छ । पश्चिम टुडे

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ