अनिल थारू
मोहनपुर कर्मला टोल ( बर्दिया ) हाल द. कोरिया
आकांक्षाका मजबुट संरचना खडा गरी
अनायासै तीता बास्तविकता हुकाई रहेछु
निरंकुसताको कालो सम्राज्यमा
बेतिथीको चाङ लाएर निरलज्ज भई
उडाङ्गो कठपुतलीको ढ्वाङ रचेको देख्दा
गणतन्त्र पनि अचेल फगट फगट लाग्दछ ।
श्रमका खेती गर्नेहरुलाई भ्रमका खेती गर्नेहरुले,
मेनपावरको हाटबजारबाट
हरियो पासपोर्टको नाम्लो लगाएर
दिनँहु चौपाया जस्तै मोलमोलाई गरेर
पात विहिन ठुटा जस्तै झाडीका
ति खाडीहरुमा बेचीरहेका छन !!
संसदको त्यो अश्लिल आहालमा
लाचारपनको हिलो छ्याप्दै,
हाम्रा वस्तुभाउ जोत्न लागिदेउ भनि बिलम्ब गरिन्छ !!
अनि गणतन्त्र फगट फगट लाग्दछ ।
उत्साहको पहाड चढ्दै,
आशाको बिस्कुन सुकाउँदै,
आंकाक्षाको पखेटा उर्मादै,
जवानीलाई लिलाम गरी,
जीन्दगीलाई बन्दगी राखी,
रगत पसिनाको गण्डकी बगाई,
गुलामीको खेती गर्दै
उमारेको रेमिटान्समा नङ्ग्रा,
डाह्राले लुछ्
न नैतिकता फाली नाङ्गो ढुकेर बस्छन !
र ट गणतन्त्र फगट फगट लाग्दछ ।
अन्योलमा छु बिधीको शासन होकी ?
बिँडी को शासन हो ?
कहिले ७० करोडको धुवाँ उड्दछ
कहिले सरकारी जग्गाको धुवाँ उड्दछ
कहिले क्यान्टोनमेन को धुँवा,
कहिले एम.सी.सी. को धुवाँ
त कहिले इट्टाभक्ताको
जताततै धुवै धुवाँ त्यसैले होला !
नेपाल प्रदुषणको पहिलो सुचीमा रेकर्ड बनाउन सफल भएको !!
अहिले ढलेको धरहरा पनि उठेको छ रे ! त
र त्यो अग्लो स्तम्भबाट,
खाडीबाट रातो बाकसमा झरीरहेका
सुगन्धविहिन फुलहरू देखिदैनन होला !
गरीबहरुको बासी सपनाहरू
बरफको निगरानीमा विमानस्थलमा ठन्किएको देखिदैनन् !
देखीदैनन् बिकाश अनि समृद्धका फराकिला झण्डाहरु
देखिन्छन् त केबल पार्टीका झण्डाहरु
वरीपरी झिंगाका झुण्ड हरु !
अनि गणतन्त्र फगट फगट लाग्दछ!
बिभेदको खादल खनेर
राजनीतिको मादल बजाउनेहरु
आकार विहिन साकार नहुने सपनाहरुको डकार छोडिन्छ !
अनि फैलिन्छ दुर्गन्ध,
कब्जियत पेट बाट निस्किएको पाद जस्तो ठुस्स … ठुस्स …
अनि गठबन्धनको घुम्टो ओढेर समृद्धिको उडान भरिन्छ ।
अनि गुटवन्दी नामको कालो स्तम्भमा ठोक्किएर बजारिन्छ भुईमा !
ढुजा ढुजा हुन्छन
अनि पोखिन्छन खोक्रा राष्ट्रवाद हरु फुस्स ..फुस्स .. !!
हो त्यसैले गणतन्त्र अचेल फगट फगट लाग्दछ !!