काठमाडौ,२७ जेठ । पहिलो पटक राना समुदाय बाट मन्त्री बन्दै छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै छन् । उनले कैलालीबाट निर्वाचित नारदमुनी रानालाई मन्त्रीमा नियुक्त गदर्जैछन् । ओलीले वन तथा वातावरणमन्त्रीमा रानालाई नियुक्त गर्न लागेका हुन् । यस्तै गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापासहित ८ मन्त्री नियुक्त गर्न लागेका हुन् । थापा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती हुन् । त्यस्तै, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडीको नाम तय भएको छ । रक्षा मन्त्रालय भने प्रधानमन्त्री आफैँले राखेका छन् । त्यस्तै, प्रधानमन्त्री कार्यालय रहने गरी मोहन बाँनिया र वन राज्यमन्त्रीमा आशा विक रहेकी छिन् । उक्त ८ मन्त्रीहरुको आजै साँझ शपथ राखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज नियुक्त गर्ने थप सात जना मन्त्री र एक जना राज्यमन्त्रीले आज चार बजे सपथ लिने कार्यक्रम रहेको छ। राष्ट्रपति कार्यालयमा शपथका लागि तयारी भइरहेको छ। प्रधानमन्त्रीले आज मन्त्रीहरु थप गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने जनाइएको छ।