kailarigapa111
Advertisements

हसुलिया, १५ असार । कैलालीको कैलारी गाउँपालिकाले स्थानीय तथा मातृभाषा पाठ्यक्रम र पाठ्यपुस्तक लागु गर्ने, स्थानीय मातृभाषा शिक्षकको व्यवस्थापन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।

यहि असार १० गते भएको गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले स्थानीय तथा मातृभाषा पाठ्यक्रम र पाठ्यपुस्तक लागु गर्ने, स्थानीय मातृभाषा शिक्षकको व्यवस्थापन गर्ने पनि नीति तथा कार्यक्रम साथै उनीहरुको क्षमता अभिवृद्धि, तालिम र सेवा सुविधा उपलब्ध गराइने बताएका छन् । यसका साथै गाउँपालिकाले थारू कला, साहित्य र संस्कृतिको पहिचान, सम्बद्र्धन र संरक्षण गर्ने थारू समुदायको प्राचित भलमन्सा प्रथाको जगेर्ना गर्ने आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।


जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ