tharu

गर्जिन्छ मेघ छल्किन्छ सपना,

कुलो देखि खेतका आन्द्रा भुंडि सम्म,

अनि पोखिन्छ स्नेह छताछुल्ल,

धर्तीमा उज्यालो पोखिनु अगाबै,

कुटो, कोदालो अनि हसिलो हलो,

परिश्रम कै मतियार बनेर जगतकै भलो,

मेसिन जस्तै हात खुट्टा फाली,

परिश्रम कै पुजा गरिन्छ्।

हट्केला बाट एक चोक्टा अध्यांरो न छुतुन्जेल,

चर्को घाममा झर्को नमानी,

नाङ्गो खुट्टामा हिलोको जुट्टा,

हात भरी हरियो बिउँ को मुठ्ठा,

शरिर भरी पसिना का बुट्टा,

हत्केला भरी ठेला हरुको भेला गराइ,

आंखा भरी सपना अनि,

हातमा कोदाली नचाई,

परिश्रमका दागहरु सजाई, पौ

रखका पाखुरा बजार्दै,

हिलो, माटो मजाले पछार्दै,

भबिष्यको राजमार्ग खन्न,

अनाजको राजधानी सम्म पुग्न,

खेटका गर्भहरु बाट खुशियाली फलाउन,

झरीमा भिजेको चरी जस्तै न्यानो खुशीको घाम झुल्किने आशामा,

होनहार बर्षाडी साथमा करङ बिहिन अपाङ्ग छातालाई अस्त्र बनाइ,

दुखको दुलोबाट सुखको सुनौला सुनमा स्न्तुलित धानका बालाहरु,

हांस्दै झुल्दछन, उन्मुक्त हासो सगै, लहरै फुल्दछन,

अनि असरल्लै पोखिन्छन, स्वास्थ्यबर्दक मुस्कानहरु…

खेतका आंली देखी गर्हा गर्हा सम्म,

स्वाभिमान को रङ्ग भर्दै मेहनत को सुगन्ध छर्दै,

भरिन्छन भकारीका पेट हरु घांटी घांटी सम्म,

साकार हुन्छन आशाका किरणहरु उड्छन माथी-माथी सम्म,

किसानका निशान, आशा अनि भाषा कस्ले बुझिदिने ?

धानको मुल्य नपाए पनि, मल र जल पाए पनि हुने !

बजारमा कृषकको शिर्षकमा अनुदान नामको अंचार आएको समाचार सुनिन्छ तर चाख्न पनि पाईंदैन !

सरकार अनि बजार दुबै को पिसान मा पर्ने !

हामी किसान !! हामी किसान !!

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ