हर्दहुवा

हासुलिया, १७ असार । कैलाली जिल्लाको कैलारी गाउँपालिका बैजपुर गाउँमा आज (बिहिवार) सामुहिक हरद्हवा(गाउँभरीका) मनाई रहेका छन।

बर्खेझरी (पानी) जेठ,आसाढको महिनामा धान रोपाईं सिध्याएर गाउँभरीका किसानहरुले हर्षउल्लासका साथ हरद्हवा मनाई रहेका छन। बर्खासिजनको धान रोपाईं सबै सिध्याएर घर-घरमा हरद्हवा मनाउने चलन थारु समाजमा पुर्खौ देखि मनाउदै आईरहेको चलन हो। हरद्हवामा थारु समाजमा धान खेटी सिध्याएर सामुहिक रुपमा बिशेष गरी सुग्गुर लाई काटेर (भाग लगाएर )आ आफ्नो घरमा लगेर पकाउने गर्छन। यसरी हिलोमाटो,पानीले हात गोडा सडाएर धान खेति(मेहनत) गरेकोले एक आपसमा जाँड रक्सि खाई खुशिसाटासाट गरि एक अर्काको घरमा बोलाई (गई)हरद्हवा मनाउने गर्छन।

हरद्हवा एक टिहार (पर्व)जस्तै भईसकेको छ।आफ्ना आफन्त,नातेदार सबैलाई निम्त्तो गरेका हुन्छन। कैलारी गाउँपालिकाको बैजपुर गाउँ थारुहरुको मात्र बसोबास रहेको गाउँ हो। थारु गाउँ बस्तिमा बढि खेतिपाती नै मुख्य आय स्रोत रहेको हुन्छ। थारु बस्तिमा प्राय जसो सबै गाउँमा बर्खेधान खेति सक्काएर सामुहिकरु मा (घरघरमा )हरद्हवा खाने गर्छन।हरद्हवा मा सुग्गुर,खसी,कुखुरा,माछा लगायत आ आफ्नो मन परेको परीकारका खाने कुरा बनाउने गर्छन। यस बैजपुर गाउँमा करिब १०६ घरधुरी रहेको छ। हरदहवामा सबैले अलि बढि नै मासु खाने गरेकोले बैजपुर गाउँमा अहिले ३ वटा सुग्गुर मारेका छौ। तिन वटा सुग्गुरको मासु लगभग ३ कुवन्टल५० किलोको अनुमानित छ तर पनि मासु अपुग पर्ने जस्तो छ भनेर गाउँका सचिब शुक्रराज चौधरी ले भन्नू थयो।

हरद्हवा मा सबैको घरमा माछा, मासु खाने भएकोले हरद्हवा मा बहुट रमाईलो, हर्षउल्लास हुन्छ। हिलो माटो, घाम ,पानीमा धान खेतिको गरेको खबै दुखकष्ट हरद्हवा खाएको दिनबाट सबै बिर्सिन्छ भनेर प्रकाश बौखहिले भने। अबको युग आत्याधुनिक र मेसिनरीको प्रयोगले गर्दा छिटो र चाडै खेति गरेर सकिन्छ।उहिलेको जमाना मा खेतिपाति गोरु,राँगाबाट महिनौ लगाएर खेति गरिन्थ्यो।यसरी खेति गर्दा सावन, भदौ महिना सम्म खेति गर्थ्यो ।अब आधुनिक युग मेसिनको प्रयोगले छिटो र चाड‍ो खेति सकिन्छ र हरद्हवा पनि ढिलै खान्थेम । पहिले अकासे पानी र कुलोको पानीले मात्रै खेति गरिन्थ्यो।अहिले कुलोको पानी नलाग्ने खेत मा ठाउँ ठाउँमा बोरिङ्ग छ खेति गर्न अहिले सजिलो भएको छ चाडै खेती सकीन्छ भनेर बुढापाकाहरु भन्ने गर्छन।

1 सोचेको “बैजपुर गाउँमा सामुहिक हरद्हवा

  1. आहा मोर गाउँ मे हरदहुवा पुरा गाउ भरिक मिलके खैना कत्रा मजा गाउँ।।मोर गाउँ

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ