हसुलिया, ११ भदौ। कैलाली जिल्लाको कैलारी गाउँपालिकाको ०७ वडा बरका बसन्ता गाउँमा वाढी पसेको छ।
स्कुल लगायत बरका बसन्ता गाउँको ३६ घरधुरी र गाउँका धेरैजसो किसानहरुको गोठ, बाख्रा खोरमा अहिले वाढी पसेको छ। बर्षाको पानी( बाढी)को निकास नभएकोले र कटैनी नदिमा आएको वाढी उल्टै गाउँतिर पस्ने गरेको छ। कटैनी नदिको बाढीले खेती योग्य जमिन कटानी गरेर खेतमा पटानी गरेकोले पानीको निकास कम भएकोले बेलाबेला मा घरमा वाढीले पसेर हैरान भएका छौ भनेर बरका बसन्ताका स्थानिय कृषक ब्यापारी राम कुमार चौधरीले कैलारी पोष्टलाई जानकारी गराउनु भयो। बरका बसन्तामा एक घरको भित्ता ढलेको छ।स्कुलमा बाढी पसेर शिक्षकहरु स्कुल खोल्न सकेका छैनन।अस्तिको बाढी घरमा पसेको बेला स्थानिय सरकारले निरीक्षण गरी चाउचाउ, चिउरा बिस्कुट राहत बाँडेको थियो।आज बिहानै गाउँमा बाढी पसेको छ ।
अहिले सम्म कुनै निकाय, प्रशासन, संघ संस्थाले जानकारी निरीक्षण गर्न आएका छैनन भनेर अर्का एक स्थानियले जानकारी गराए। कैलारी गाउँपालिकाको बरका बसन्ता र छटकपुर बसन्ताको बिचमा पर्ने सडक बाढीले गर्दा बस, अटोरिक्सा, बाईक आवतजावत ठप्प भएको छ।
यसै गरी सोहि वडाको छटकपुर बसन्तामा पनि अहिले बाढी पसेको छ। छटकपुर गाउँमा ३० घरमा बाढी पसेको छ । एक घरको भित्ता समेत धलेको छ।अहिले सम्म गाउमा न प्रहरी प्रशाशन,स्थानिय निकाय बाढी बारे बुझ्न कोहि पनि नआएको छट्कपुरका युवा जिया चौधरीले कैलारी पोष्टलाई बताए।