5f82bfcd9a8bb_Sankramit_ko_mrityu

धनगढीः सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रादेशिक  अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका–२ का ७० वर्षीय पुरुषको सोमबार बिहान ५ बजेतिर मृत्यु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। 

उनकाअनुसार कडा खालको निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि फागुन ३ गतेदेखि ती संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

सुदूरपश्चिममा कोरोना संक्रमितको मृत्यु शून्यमा झरेको लामो समयपछि पुनः एकजनाको मृत्यु भएको हो। 

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत उनी मात्र एक्लो संक्रमित थिए। 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ