क१

हसुलिया, ६ असोज । कैलालीको कैलारी गाउँपालिका-५ बन्दरगौरीमा रहेको क्लिनिक भवन संचालन हुन नपाउँदै ज्रीण बन्दै गएको छ । सो एक कोठे क्लिनिक भवनको छाना उडाएको आधा वर्ष पुग्नै लाग्दा पनि मर्मत पनि नभएको हो ।  हावाहुरीले छाना उडाएको झन्डै आधा वर्ष पुग्नै लाग्दा पनि बन्दरगौरीको क्लिनिक भवनको छाना मर्मत हुन  सकेको छैन ।
२ लाख ५० हजारमा निर्माण सम्पन्न भएर क्लिनिक सञ्चालन नहुँदै क्लिनिक भवनको छाना उड़ाएकोमा मर्मत हुन सकेको छैन । 

स्थानीय प्रहरीले हुरी आउँदा लगत लिएर गएको तर मर्मतको लागी कुनै सुनुवाई नभएको स्थानीय मनीराम कुमालले बताए । गत जेष्ठ महिनामा आएको हावाहुरीले क्लिनिक भवनको छाना उडाएको थियो । 

स्वास्थ्य र भविश्यसंग जोडिएको क्लिनिकजस्तो सम्वेदनशिल क्षेत्र आधा वर्षदेखि अलपत्र पर्नु निकै दुखको कुरा भएको स्थानीयहरुको भनाई रहेको छ । 

 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ