nirmala-3-compressed

महेन्द्रनगर १० फाल्गुन। प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाउने ६ जना अधिकारकर्मी समाजसेवीहरुलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा अधिकारर्मी शारदा चन्द, आन्नदी राना, लक्ष्मी मल्ल, निर्मला जोशी भटट, खडक बिष्ट, र मिना भण्डारी रहेका छन् उनिहरुलाई ईलाका प्रहरी कार्यालय झलारीमा राखिएको छ ।

दैजी बजारमा आफुहरुले ‘निर्मला पन्तको बलात्कारी खै ? लेखेको टिसर्ट लगाएर उभिएको मात्र थियौ, आफुहरु माथी प्रहरीले धडपकड गरेको र एकजना सहकर्मी आन्नदी राना घाईते भएको अधिकारर्मी शारदा चन्दले बताईन् ।

निर्मला पन्तलाई बलत्कार गरेर मारेकोे तिन बर्ष पुग्दा समेत अहिले को सरकारले हत्यारा पत्ता नलगाउदा आफुहरुले निर्मलाको न्यायको लागि टिशर्ट लगाएर कुनै पनि गलत क्रियाकलाप नगरेको उनले बताईन् ।

आफु लगायत अन्य अधिकारकर्मीहरुले सौहाद्रपुर्ण रुपमा सडकमा उभिएकै भरमा प्रहरी प्रशाससनले बिच सडकमा आफनो टिशर्ट खोल्न बल गरेको र सडकमै सुताएर अमानविय व्यवहार गरेको अधिकारर्मी शारदा चन्दले बताईन् । 

न्याय माग्दा उल्टै सरकारबाट यस्तो दमनकार्य निन्दनिय रहेको स्थानीय व्यापारीहरुले बताएका छन् । स्थानीय र अन्य सडकमा हिडिरहेका आमजनताले पनि निर्मला पन्तलाई न्याय दे, केपि ओली मुर्दावाद लगायतको नारा लगाएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ