धनगढी, ७ पुस । धनगढीमे इहे पुस १५ गते डिलाईट साँस्कृतिक साँझ २०७८ कार्यक्रम हुने भएकाे छ ।
डिलाइट क्याफेकाे आयोजनामा हुने कार्यक्रममा विभिन्न कलाकारहुरुकाे प्रस्तुती रहने जनाइकाे छ । साँस्कृतिक साँझमा गायिका अन्नु चौधरीकाे बेजोड प्रस्तुतिसंगै चर्चित थारु कलाकार नायक संगत थारु, थारु लोक गायक राजु चौधरी, सुनिता दहित, रितु चौधरी र मधु चौधरी लगायतकाे कलाकारहरुकाे विशेष प्रस्तुति रहने आयोजकले जनाएका छन ।
यसकाे साथै कलाकारिता क्षेत्रमा योगदान पुगाएकाे कलाकार, गायक गायिकालाई सम्मान पनि गरिने र दर्शकहुरुलाई कार्यक्रममा गायन, डान्स र कमेडीकाे भरपुर मनोरञ्जन लिन पाउने छ । टिकट दर रु.१५ सय रहल कार्यक्रममा २ जनालाई खाना सहितकाे व्यवस्था रहने जनाइकाे छ ।